ghar sansar

कृष्णपुरका मेयरले ल्याए दलित समुदायमाथि हिंसा गर्नेलाई सामाजिक बहिस्कृत गर्ने नीति

little buddha academy
khasi

–राजेश भुल
महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले दलित समुदायमाथि हिंसा गर्नेलाई समाजमा बहिष्कृत गर्ने नीति ल्याएको छ । नगरपालिकाको ११ नगर सभामा हिंसा गर्नेलाई बहिस्कृत गर्ने लगायतका विषय समावेश गरी नीति तथा कार्यक्रम पेश गरिएको छ । नगर उप प्रमुख द्रोपती रानाले नगर सभामा आगामी वर्षको नीति तथा कार्यक्रम पेश गरेकी छन् ।

dirghayi clinic

दलित समुदायलाई समाजको मुलधारको अग्र पंक्तिमा ल्याउन विभिन्न सचेतना कार्यक्रम ल्याइने,दलित समुदायको परम्परागत व्यवसायलाई आधुनिक बनाई साना तथा लघु उद्योग स्थापनामा जोड दिई अनुदानको व्यवस्था गरिने,द्धन्द्ध पीडित,अपांग,दलित,असहायको सामाजिक जीवनको सुरक्षाको सुनिश्चित गरिने कुरा उपप्रमुख रानाले प्रस्तुत गरेको नीति कार्यक्रममा समावेश गरिएको छ । यस्तै प्रदेशमा रोजगार गुमाएका आप्रवासी कामदारलाई स्वदेशमै कृषि कार्य गर्न नगरले जग्गा भाडामा लिई निःशुल्क उपलब्ध गराउने नीति समेत अघि सारेको छ ।

,orning glory badhai

सीप पहिला, सक्षम महिला’ नारालाई सार्थक बनाउन महिलाहरुको सिप विकास र सशक्तिकरणमा विशेष जोड दिइने,लैंगिक हिंसामुक्त नगर बनाउन विशेष कार्यक्रम सञ्चालन गरिने,मेयर गैर आवासीय छात्रवृति कार्यक्रम संचालन गरिने,आधारभूत तहमा स्थानीय तहको पाठ्यक्रम आर्थिक वर्ष ०७९्०८० मा तयार पारिने,सार्वजनिक विद्यालयमा तहगत रुपमा दरबन्दी मिलान गरिने,कृष्णपुरबाट विरामीलाई रिफर गर्नुपर्ने भए महेन्द्रनगर,धनगढीमा निःशुल्क एम्बुलेन्स उपलब्ध गराइने,शव व्यवस्थापनका लागि शव बाहनको व्यवस्था गरिने लगायतका कुरा नीति कार्यक्रममा उल्लेख गरिएको छ । कृष्णपुर नगरपालिकाले १ अर्ब ६ करोड ९४ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...