ghar sansar

दिदीसंगै सुतेकी युवती जब मृत भेटिइन्……

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ मा आफ्नै घरमा सुतेकी एक युवती विहान मृत भेटिएकी छन् । प्रगति टोलमा दिदी पुष्पा नाथसंगै बु्धबार राति सुतेकी अनिता विहान मृत भेटिएकी हुन् । १८ वर्षिया नाथको शवलाई जाँचका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

dirghayi clinic

नाथ परिवारले राति दिदीसंगै सुतेकी नाथ विहान अबेरसम्म नउठेपछि हेर्दा मृत्यु भएको अवस्थामा भेटिएको जानकारी गराएका छन् । प्रहरीका अनुसार मृतक नाथले खाना खाएपछि वान्ता गरेकी थिइन् ।

,orning glory badhai

‘खाना खाएपछि वान्ता गरेको थियो, त्यो बाहेक अरु केही पनि थिएन’ नाथ परिवारले प्रहरीसंग भनेका छन्,‘विहान उठ्दा एकाएक मृत्यु भएको देखियो ।’ नाथको मृत्युको कारण खुल्न नसकेपछि फुड पोइजन हुन सक्ने आशंका गरिएको छ ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक प्रकाश भण्डारीले नाथको शवलाई जाँचका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको बताए । ‘पोष्ट मार्टमबाट मृत्युको कारण थाहा हुन्छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...