ghar sansar

काँग्रेस महाधिवेशन प्रतिनिधि चन्दले छाडिन् पार्टी, भन्छिन्– पार्टीभित्रका विकृति र विसंगति स्वीकार्न सकिएन

little buddha academy
khasi

महेन्द्रनगर । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि शारदादेवी चन्दले पार्टी परित्याग गरेकी छन् । काँग्रेसभित्र बढेको विकृति र विसंगति स्वीकार्न नसकेर उनले पार्टीको साधारण सदस्यता सहित सबै जिम्मेवारी त्यागेकी छन् ।

काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवा सहित काँग्रेसको प्रदेश समिति, क्षेत्रीय समिति र नगर समितिलाई उनले पार्टी परित्याग गरेको पत्र पठाएकी छन् । उनी केही समयपछि भीनपा १५ का काँग्रेस वडा सभापतिलाई भेटेर पार्टीको सदस्यता त्यागेको जानकारी गराउन लागेकी छन् ।

,orning glory badhai
dirghayi clinic

‘यो पार्टीका लामो समयदेखि लागि रहको जानकारी गराउँदै पार्टीभित्रका केही विकृति विंगतिलाई स्वीकार्न मलाई गाह्रो भएकाले आजका मितिदेखि नेपाली काँग्रेसका साधारण सदस्यता समेत नरहने गरी राजीखुसी पार्टी परित्याग गरी जनता र देशको हितका लागि स्वतन्त्र पूर्वक सेवा गर्न इच्छुक भएकाले पार्टी परित्याग गर्दछु’ चन्दले पार्टी सभापतिलाई पठाएको पत्रमा उल्लेख गरेकी छन् ।

काँग्रेस नेतृ चन्द अधिकारकर्मीका रुपमा परिचित छन् । उनले भीमदत्त नगरपालिका ५ वनगाउँस्थित ज्येष्ठ नागरिक, हिंसा पीडित महिला र बालबालिकाका लागि वृद्धाश्रम सञ्चालन गर्दै आएकी छन् । केही समय अघि उनले पार्टीबाट राजीनामा दिएर आगमी आम निर्वाचनमा प्रदेश साँसद लड्ने घोषणा गरेकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...