ghar sansar

एमालेले थाल्यो एक्लै चुनाव लड्ने तयारी, उपाध्यक्ष ज्ञवाली भन्छन्– एमाले शक्तिशाली छ भन्ने विपक्षीले बुझेका छन्

khasi

महेन्द्रनगर । सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चुनावी गठबन्धनलाई निरन्तरता दिने पक्षमा देखिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले एक्लै चुनाव लड्ने तयारी थालेको छ । एमालेले स्थानीय तह निर्वाचनझै संघ र प्रदेश चुनावमा पनि सत्तारुढ गठबन्धन विरुद्ध चुनाव लड्ने आन्तरिक तयारी थालेको हो ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले आगामी संसदीय निर्वाचन एमाले एक्लै लड्ने आन्तरिक तयारीमा जुटेको बताए । ‘एमाले एक्लै चुनाव लड्छ, एमाले शक्तिशाली छ, त्यो विपक्षी बुझेका छन्, त्यसैले त उनीहरु गठबन्धन गरि रहेका छन्’ प्रेस चौतारी नेपाल कञ्चनपुरले बिहीबार महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा उनले भने,‘अहिले त काँग्रेस पनि एक्लै चुनाव लड्न सक्ने अवस्थामा छैन, त्यसैले गठबन्धन नै चाहिएको छ ।’

dirghayi clinic

उपाध्यक्ष ज्ञवालीले सत्तारु दलहरुले गठबन्धन गरी चुनाव लड्दा लाज लाग्नु पर्ने बताए । सत्ता साझेदार माओवादी र समाजवादीका कारण वाम गठबन्धन नहुने पनि उपाध्यक्ष ज्ञवालीको भनाई थियो ।

एमालेले संघ र प्रदेश चुनावका लागि तयारी अघि बढाएको उल्लेख गर्दै उनले देशव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताए । ‘अहिले सबै प्रदेश र जिल्लामा प्रशिक्षणका कार्यक्रम गरि रहेका छौ, यी कार्यक्रमलाई पालिका, वडा हुँदै टोलसम्म पुगाउँछौ’ उनले भने,‘हामी चुनावको तयारीमा लागि सकेका छौ ।’

सरकारका सहभागी दलहरु चुनावको मिति सार्नतिर लागेको उपाध्यक्ष ज्ञवालीको आरोप छ । उनले चुनावमा धाँधली गर्न रणनीति बनाउनका लागि चुनाव घोषणा नगरिएको आशंका गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...