ghar sansar

मन्त्री बडुले पोखे लाचारी, भन्छन्– औद्योगिक क्षेत्र घोषणा नै निजी क्षेत्रको भरोसामा

khasi

महेन्द्रनगर । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले सरकार आफैंले औद्योगिक क्षेत्र सञ्चालन गर्न नसक्ने लाचारी व्यक्त गरेका छन् ।

dirghayi clinic

कञ्चनपुर उद्योग बाणिज्य संघको १७ औं कार्यकारिणी समितिको शपथ तथा पदस्थापन कार्यक्रममा उनले निजी क्षेत्रको भरोसमा औद्योगिक क्षेत्र घोषणा गरिएको जनाए ।

‘अहिलेसम्म १० ओटा औद्योगिक क्षेत्र सञ्चालनमा छन्, ७ ओटा नयाँ घोषणा गरिएका छन्’ कार्यक्रममा मन्त्री बडुले भने,‘त्यो घोषणा पनि निजी क्षेत्रको भरोसमा गरिएको छ, सञ्चालनमा रहेका पनि राम्ररी चल्न सकेका छैन ।’

मन्त्री बडुले छेला औद्योगिक क्षेत्र, हरैया विशेष आर्थिक क्षेत्र, दोधारा चाँदनी बन्दरगाह सञ्चालनका लागि सरकार गम्भीर भएर लागेको बताए । सरकार अहिले विदेशी लगानीको वातावरण बनाउनका लागि छलफल गरि रहेको मन्त्री बडुको भनाई छ ।

Himal dental
सम्बन्धित
Loading...