ghar sansar

दोधारा चाँदनीका किसानलाई कागतीका विरुवा विरतण

khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा कागती खेतीको सुरुवात गरिएको छ । दोधारा चाँदनी नगरपालिका ८ जर्का टोलस्थित एकता कृषक समुहले आयोजना गरेको कार्यक्रममा किसानलाई सुन कागतीको बोट वितरण गरिएको हो ।

डिसीए नेपालको सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण संघको (एनएनएसडब्लुए) सुद्धढ परियोजना अन्तर्गत जर्का टोलको एकता कृषक समूहका किसानलाई ४ सय बढी सुन कागतीका बोट बितरण गरिएको सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताए ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा देवी जोशी, एनएनएसडब्लुएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरु, वडा अध्यक्ष ओंम प्रकाश रोकाया, नगरपालिकाको कृषि शाखा कार्यालयका शाखा प्रमुख कमलापति भट्ट, पश्ु शाखाका शाखा प्रमुख कृष्ण सिंह साउँद, जिल्ला समन्वय समिति सदस्य चन्द्रवती थापा, एकता कृषक समूहका अध्यक्ष टिका देबी मगर, वडा सदस्य लगायत स्थानीय सहभागी भएका छन् ।

dirghayi clinic

कार्यक्रमा वडा अध्यक्ष रोकायाले बलौटे दोमट माटोमा कागतीको विरुवा फष्टाउने भन्दै दोधारा चाँदनी नगर क्षेत्रमा कागतीको खेतीको सम्भावना रहेको हँुदा किसानलाई व्यवसायी बनाउन सहयोग पुग्ने बताए ।

वार्षिक २६ हजार टन कागती भारतबाट नेपाल आईरहेको छ । नेपालमा करिब डेढ हजार टन मात्र उत्पादन हुने गरेको छ । बजारमा माग अत्याधिक रहेकाले कागतीको बजार समस्या नभएको कृषि शाखाका प्रमुख भट्टले बताए ।

‘एउटा राम्रो कागतीको बोटमा ५ सय देखि एक हजार दानासम्म फल्छ् । बोट लगाएकै वर्ष ५० देखि २ सय सम्म कागतीले फल दिन थाल्छ् । राम्रो हेरचाह गर्दा एउटा कागतीले २५ वर्ष सम्म आम्दानी दिन्छ्’ उनले भने ।

कार्यक्रममा विरुवा वितरणपछि कागतीको बिरुवा रोपिएको छ । कागतीका चार सय बोट एक बिगाहा जग्गामा लगाइने एकता कृषक समुहका अध्यक्ष टिका देबी मगरले बताइन् ।

Himal dental
सम्बन्धित
Loading...