ghar sansar

पुनर्वासका किसानलाई तरकारी खेतीका लागि कृषि सामाग्री सहयोग, मेयर शर्मा भन्छन्– सहयोग सदुपयोग होस

little buddha academy
khasi

महेन्द्रनगर । पुनर्वास नगरपालिका ६ र ७ का किसानलाई तरकारी खेतीका सामाग्री सहयोग गरिएको छ । पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दुबै वडाका ४० जनालाई सामाग्री सहयोग गरिएको छ ।

पुनर्वास नगरपालिका र युएनडीपिको साझेदारीमा स्वीट नेपालले सञ्चालन गरेको एकीकृत जीविकोपार्जन पहलद्वारा कोभिड १९ पुनः प्राप्ति परियोजना अन्र्तगत किसानहरुलाई कृषि उपचार र विषादी वितरण गरिएको छ ।

,orning glory badhai

कार्यक्रमका प्रमुख अतिथि मेयर शर्मा सहित युएनडीपिका कोमल भट्ट, स्वीट नेपालका अध्यक्ष अमिर तिरुवा लगायतले सामाग्री हस्तान्तरण गरे । स्वीट नेपालका अध्यक्ष तिरुवाको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा मेयर शर्माले सबैले सहयोगको सदुपयोग गर्नु पर्नेमा जोड दिए । ‘यो नगरपालिका र युएनडीपिको संयुक्त कार्यक्रम हो, सहयोग दिएका छौ, यसलाई सदुपयोग गर्नु होला’ उनले भने ।

युएनडीपिका भट्टले कृषिलाई आधुनिक बनाउन कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै नगरपालिकामा कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए । ‘आधुनिक तरीकाले खेतीपाती गर्न सक्यौ भने फाईदा हुन्छ, यो कार्यक्रमबाट अहिले विषादी लगायत उपकरण सहयोग गरिएको छ, यो कार्यक्रम १० औं वर्षसम्म चलोस’ उनले भने,‘हामी सक्दो सहयोग गर्छौ ।’

कार्यक्रममा वडा अध्यक्ष मित्र सिह लामा, वडा सदस्य ठाकुर प्रसाद अमगाई, युएनडीपिका लक्ष्मण श्रेष्ठ, लक्ष्मी बिक, स्वीट नेपालका संयोजक अमित सुनार, पुनर्वास नगरपालिकाका कृषि शाखाका प्रमुख कर्ण बहादुर शाही, स्वीट नेपालका कृषि प्राविधिक लगायतका सहभागी भएका छन् ।

dirghayi clinic

पुनर्वास नगरपालिकाका ६ वडामा कार्यक्रम सञ्चालनमा छ । गत वर्षदेखि यो कार्यक्रम सञ्चालनमा आएको हो । किसानलाई तरकारीका सामाग्री वितरण अघि पुनर्वास नगरपालिका ११ स्थित राम जानकी टोलमा किसानले तरकारी खेतीका लागि बनाएको पोलि हाउसको अुनगमन गरिएको छ ।

पोलि हाउस बनाएका किसानहरुले तरकारी खेतीका लागि अहिले बेर्ना लगाएका छन् । स्थानीय रिना चौधरीले टोलका २० परिवारले तरकारी खेतीका लागि पोलि हाउस बनाएको बताइन् ।

‘बढी उत्पादन हुन्छ, बेमौसममा पनि बेच्न सकिन्छ, फाईदा बढी हुन्छ, त्यसैले पोलिहाउसमा तरकारी खेती गर्न लागेका छौ’ उनले भनिन्,‘यो भन्दा त अघि त्यसै खुलामै तरकारी लगाउँथ्यौ ।’

परियोजना अन्र्तगत किसानलाई सहयोग दिएपछि तरकारी खेतीका लागि पोलिहाउस बनाएर तरकारी खेती गर्न लागेका हुन् ।

स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले परियोजना अन्र्तगत पुनर्वास नगरपालिका २ सय ७५ जना किसानलाई सहयोग गरिने बताए । उनीहरुमध्ये अधिकाँश महिला छन् ।

‘महिलाको हातमा पैसा होस भनेर अधिकाँश महिलालाई नै सहयोग गरि रहेका छौ, एक सयमा पुरुष त २०÷२५ जना मात्रै होलान’ उनले भने,‘यसबाट महिलाको आर्थिक अवस्था सुधार हुने आशा राखेका छौ ।’

 

Himal dental
सम्बन्धित
Loading...