ghar sansar

साधारण स्कुलका कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर नमूना माध्यमिक विद्यालय (साधारण) ले चालु शैक्षिक सत्रमा कक्षा ११ मा भएका विद्यार्थीलाई स्वागत गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टको प्रमुख आतिथ्यमा कार्यक्रम गरी शनिबार नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि व्यवस्थापन समिति अध्यक्ष विष्टले विद्यालयको शैक्षिक, भौतिक, सामाजिक तथा विद्यार्थीमुखी विविध गतिविधिबारे जानकारी दिँदै नव आगुन्तक सबै विद्यार्थीलाई स्वागत गर्दै शुभ कामना दिए ।

विपन्न, दलित, अपाङ्गता भएका, असहाय तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्नबाट कुनै पनि अवस्थामा वञ्चित हुन नदिने विद्यालयले प्रतिबद्धता गरे ।

आर्थिक अवस्था कमजोर तथा असहाय विद्यार्थीहरूका लागि विद्यालय परिसरमै छात्रावास तथा निःशुल्क छात्रावासको व्यवस्था रहेको जानकारी गराउँदै उनले शिक्षामा सबैको समान पहुँच सुनिश्चित गर्नु विद्यालयको प्रमुख उद्देश्य भएको उल्लेख गरे ।

dirghayi clinic

विद्यार्थीहरूलाई आवश्यक पाठ्यपुस्तक÷पुस्तकहरू निःशुल्क उपलब्ध गराउने तथा व्यवस्थित प्रयोगशाला सुविधा प्रदान गर्दै गुणस्तरीय शिक्षाको वातावरण निर्माणमा विद्यालय निरन्तर प्रतिबद्ध रहेको उनको भनाई थियो ।

विद्यालयको विगतदेखि वर्तमानसम्मको गौरवपूर्ण यात्रालाई स्मरण गर्दै उनले २०७१ मा आर्थिक रूपमा चुनौतीपूर्ण अवस्थाबाट अघि बढेको विद्यालयमा ३ सय ७१ जना विद्यार्थी भएका विद्यालय अहिले सदूरपश्चिम प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाको पहिचान बनाउँदै तीन हजार तीन सय विद्यार्थी अध्ययनरत हुनु गौरबको विषय भएको उल्लेख गरे ।

शैक्षिक सत्र २०८३ मै प्रत्येक कक्षामा स्मार्ट बोर्ड जडान गर्ने योजना समेत रहेको जानकारी विष्टले गराए ।

आगामी दिनमा पनि विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन र गरिमालाई अझ उचाइमा पु¥याउन सबैको निरन्तर सहकार्य आवश्यक रहेको उनले बताए ।

‘विद्यालयले हासिल गरेको यो उपलब्धि सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, पीटीएका सम्पूर्ण पदाधिकारी तथा शुभेच्छुकहरूको निरन्तर योगदान, सहयोग र विश्वासको परिणाम भएको हो’ उनले भने ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देबराज भट्ट सहित शिक्षक, कर्मचारी, विद्यार्थी सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...