ghar sansar

एमालेलाई बल्ल खटिकयो पार्टी विभाजनको पीडा, दलबल सहित स्वतन्त्रलाई स्वागत

little buddha academy
khasi

महेन्द्रनगर । स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट वडा अध्यक्ष लडेका जयराज पाण्डेयलाई नेकपा एमालेका नेकपा एमालेका पोलिटब्युरो सदस्य सहित नेताले स्वागत गरी पार्टी प्रवेश गराएका छन् । पाण्डेय बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका १८ मा वडा अध्यक्षमा चुनाव लडेका थिए ।

एमाले पोलिटब्युरो सदस्य एवम् कञ्चनपुर जिल्ला इन्चार्ज निरुदेवी पाल, जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट, कञ्चनपुर क्षेत्र नं ३ का साँसद डा. दिपक प्रकाश भट्ट, एमाले उप सचिव कर्ण बहादुर चन्द, एमाले प्रदेश सभा निर्वाचन क्षेत्र नं. ३(ख)का संयोजक कमला देवकोटा, भीमदत्त नगर अध्यक्ष हिमाल चन्द, वडा इन्चार्ज रविन्द्र देवकोटा लगायतले पाण्डेयलाई पार्टी स्वागत गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

एमालेका वडा इन्चार्ज देबकोट वडा अध्यक्षमा निर्वाचित हुँदा स्वतन्त्रका पाण्डेय पाँचौ स्थानमा थिए । उनले स्थानीय तह निर्वाचनमा १९ मत पाएका थिए । पाण्डेयलाई खादा र टिका लगाएर नेताहरुले स्वागत गरी पार्टी प्रवेश गराएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न विवाद पार्टी विभाजनसम्म पुगेर एमाले कमजोर अवस्थामा पुगेको छ । एमालेलाई पार्टीलाई बलियो बनाउन स्थानीय तह निर्वाचन अघिदेखि नै पार्टी प्रवेश कार्यक्रम अघि बढाएको हो । यस अघि पनि विभिन्न एमालेमा विभिन्न दलका कार्यकर्ता प्रवेश गरि सकेका छन् ।

पार्टीमा प्रवेश गर्ने अन्य दलका नेता कार्यकर्ताको स्वागतमा सबै नेता सहभागी हुने गरेका छन् । केही दिन अघि कृष्णपुर नगरपालिकामा गरिएको पार्टी प्रवेश कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावल सहित नेताहरु सहभागी भएका थिए ।

एमाले कमिटी सदस्य एवम् वडा इन्चार्ज देवकोटाले चुनाव घोषणापछि एमालेप्रति जनसमर्थ देखिएको उल्लेख गर्दै पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

Himal dental
सम्बन्धित
Loading...