ghar sansar

यसरी मनाइयो विश्व मानवीयता दिवस, कोभिड महामारी नियन्त्रणमा सहयोग गर्ने सम्मानित

khasi

पप्पु गुरुङ्ग

महेन्द्रनगर । जिल्ला समन्वय समितिको सभा कक्षमा कार्यक्रम गरी विश्व मानवीयता दिवस २०७९ मनाईएको छ । जिल्ला समुन्वय समिति कञ्चनपुरको आयोजना र एनएनएस डब्लूए कञ्चनपुर र डिसिएको सहयोगमामा दिवस मनाइएको छ । कार्यक्रममा कोभिड १९ महामारी तथा बिपदको समयमा मानव सेवामा समर्पित ३४ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।

Anant bahu travels

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर, स्वास्थ्य कार्यालय कञ्चनपुर, माहाकाली प्रादेशिक अस्पताल कञ्चनपर, जिल्ला कार्यालय कञ्चनपुर, शसश्त्र प्रहरी बल नेपाल ३५ नं. गण झलारी कञ्चनपुर, श्रीदल गुल्म भगतपुर कञ्चनपुर, नेपाल राष्ट्रिय समाज कल्याण संघ, नेपाल रेडक्रस सोशाईटी शाखा कञ्चनपुर, पत्रकार महासंघ कञ्चनपुर, नागरिक सरोकार समूह कञ्चनपुर, हाम्रो टिम कञ्चनपुर, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कञ्चनपुर, कञ्चनपुर उद्योग बाणिज्य संघ कञ्चनपुर, माहाकाली बहु उद्देश्यीय यातायात प्रा.ल. कञ्चनपुर, पवनदुत यातायात प्रा.लि. नेपाल परिवार नियोजन संघ जिल्ला साखा कञ्चनपुर, लायन्स क्लब अफ महाकाली कञ्चनपुर, निड्स नेपाल कञ्चनपुर, आदर्श नेपाल कञ्चनपुर, स्वीट नेपाल कञ्चनपुरलाई सम्मान गरिएको छ ।

dirghayi clinic

कार्यक्रममा दोधारा चाँदनी नगरपालिका सहित भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुर्नवास, बेलौरी, बेलडाडी गाउँपालिका र लालझाडी गाउँपालिकालाई पनि सम्मान गरिएको छ ।

यसैगरी भीनपा १ का वडा अध्यक्ष आसेफ कँुवर, दोधारा प्राथमिक स्वास्थय केन्द्रका डाक्टर गगन राज चौधरी, कृष्णपुरका सुवास चन्द्र पन्त लगायतका पनि सम्मानित भएका छन ।

कार्यक्रममा अधिकाँश वक्ताले आम मानिसले मानवीय धर्मको रक्षा गर्नुपर्नेमा जोड दिएका छन । पछिल्लो समयमा समाजमा मानवीयता लोप हुदै गएकोमा कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश प्रमुख देब राज पाठकले दुख ब्यक्त गरे।

उनले महामारी तथा बिपदको समयमा सहयोग गर्ने सम्पुर्ण व्यक्तिलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गरेका छन् ।

समाजमा शान्ति र अमन चयन मानबियताको संरक्षण र बिकासले मात्रै हुने उनले बताए । समन्वय समितिका प्रमुख दुर्गा बोहराको सभापतित्वमा गरिएको कार्यक्रममा सरकारी ,गैरसरकारी तथा सरोकारबाला निकायका प्रतिनिधि सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...