ghar sansar

भारतसंग सीमा जोडिएका दोधारा चाँदनी नगरपालिकाका वडामा मानव बेचबिखन विरुद्ध जनचेतनामुलक कार्यक्रम गरिने

little buddha academy
khasi

दोधारा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनीमा गठन भएको सुरक्षित सञ्जालले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । मानव बेचबिखन तथा ओसारपसार रोक्न सुरक्षित भारतसंग सीमा जोडिएको वडामा जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

dirghayi clinic

सुुरक्षित सञ्जालको शनिबार बसेको बैठकमा भारतसंग सीमा जोडिएको वडा तथा बस्तीका स्थानीयसंग मानव बेचबिखन तथा ओसारपसार रोक्न अन्तरक्रिया तथा छलफल गर्ने भएको सुरक्षित संजाल दोधारा चादनीका संयोजक खिमा चन्दले बताइन् ।

,orning glory badhai

दोधारा चाँदनी नगरपालिका भारतसंग जोडिएको बस्तीमा मानव बेचबिखन तथा ओसारपसार हुने सम्भावना भएकाले समय अनुकुल अन्तरक्रिया, छलफल सहित कार्यक्रम गर्ने निर्णय गरिएको छ । बैठकमा सुरक्षित सञ्जालका पदाधिकारी, माइती नेपालका कर्मचारी सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...