ghar sansar

एमालेलाई बल्ल दुख्न थाल्यो हारको पीडा, समाजवादी गएका नेता कार्यकर्तालाई फर्किन आव्हान, अध्यक्ष ओली आफैले स्वागत गर्ने

khasi

महेन्द्रनगर । पार्टी विभाजनले स्थानीय तह निर्वाचनमा अनपेक्षित हार व्यहारेपछि नेकपा (एमाले) ले पार्टी छाडेका नेता कार्यकर्तालाई फर्किन औपचारिक रुपमा आव्हान गरेको छ । एमाले कञ्चनपुरको शनिबार बसेको छैठौ पूर्ण जिल्ला कमिटी बैठकले पार्टी छाडेर नेकपा एकीकृत समाजवादी गएका सबै नेता कार्यकर्तालाई पार्टी फर्किन आव्हान गर्ने निर्णय गरेको हो ।

एमाले केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेलको प्रमुख आतिथ्यमा पार्टी कार्यालयमा मदन आश्रित सदनमा बसेको बैठकले नेपाली बामपन्थी आन्दोलनको मूलधार एमाले भएको उल्लेख गरी फर्किन आह्वान गरिएको छ ।

‘शान्तिपूर्ण संघर्षबाट आन्दोलनको उद्देश्य प्राप्ति गर्नु पर्ने पुष्टि भइ सकेकाले विभिन्न धारमा विभाजित भई नेपालको कम्युनिष्ट आन्दोलन बलियो नहुने हुँदा माओवादी केन्द्र लगायत अन्य पार्टीमा रहेका नेता कार्यकर्तालाई पनि वामपन्थी आन्दोलनको मूल धार नेकपा(एमाले) मै गोलबद्ध हुने आव्हान गर्ने निर्णय गरिएको छ’ बैठकमा सार्वजनिक प्रेस विज्ञप्तिमा भनिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि तत्कालिन नेकपाभित्र मनमुटाव बढेर पार्टी विभाजनसम्म पुगेको थियो । पार्टी विभाजनपछि गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेले अनपेक्षित हार व्यहोर्नु परेको थियो ।

कञ्चनपुरमा अघिलो स्थानीय तह निर्वाचनमा ५ पालिका प्रमुख जितेको एमाले यस पटक तीन खुम्चिएको छ । एमालेले यस पटक निर्वाचनमा २०४८ पछि जितेका गढलाई पनि गुमाउनु पुगेको छ ।

स्थानीय तह निर्वाचनको नतिजाले असहज अवस्थामा पुगेको एमालेसित आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा बलियो हुन समाजवादीका नेता कार्यकर्तालाई फर्काउनु पर्ने बाध्यता आएको छ । एमाले छाडेका नेता कार्यकर्तालाई मात्रै फर्काउन सके नतिजा आफ्नो पक्षमा पार्न सहज हुने विश्वास नेताहरुमा छ ।

dirghayi clinic

एमाले कञ्चनपुरले स्थानीय तह निर्वाचनअ अघि पार्टी कार्यकर्ता घर फर्काउन अभियान सुरु गरेको थियो । समाजवादी गएका केही नेता कार्यकर्ता फर्के पनि प्रभावशाली नेता फर्काउने प्रयास निरर्थक भएका छन् । अहिले फर्किन लागेका नेतामा एमाले कञ्चनपुरका पूर्व जिल्ला अध्यक्ष तारालामा तामाङ्ग लगायतका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा निवर्तमान आर्थिक मामिला मन्त्री तामाङ्ग दक्षिणी क्षेत्रका प्रभावशाली नेता हुन् । २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचन जितेका उनी एमाले फर्किएपछि प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने छन् । उनी यस अघि २०७० मा संविधान सभा सदस्य निर्वाचन लडि सकेका छन् ।

एमाले जिल्ला कमिटीको पूर्ण बैठकले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रम तयारीका लागि विभिन्न समिति गठन गरेको छ । महेन्द्रनगर स्मारक क्षेत्रमा भदौ १५ गते एमालेले जन सभामा पार्टी प्रवेश कार्यक्रम राखेको छ ।

एमाले जिल्ला उप सचिव कर्ण बहादुर चन्दले कार्यक्रम तयारीका लागि समिति गठन गरिएको बताए । ‘अध्यक्षज्यू १५ गते आउँदै हुनु हुन्छ, त्यसको तयारीका लागि आज जिल्ला कमिटी बैठक बसेर विभिन्न समिति गठन गरिएको छ’ उनले भने,‘ती सबै समिति कार्यक्रमलाई भव्य बनाउन आ–आफ्नो तयारी गर्ने छन् ।’

रेको छ । जन सभामा जन परिचालनका लागि जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट आफैंले नेतृत्व लिएका छन् । उनी नेतृत्वको समितिमा जिल्ला कमिटीका सबै पदाधिकारी, सदस्य, सल्लाहकार, नगर कमिटी, जन वर्गिय संगठनका सबै सदस्य छन् ।

बैठकले उपाध्यक्ष लक्ष्मी बुढा आर्थिक परिचालन, सचिव पल्लवराज भट्ट प्रचारप्रसार, उप सचिव कर्ण बहादुर चन्द मञ्च व्यवस्थापन र उप सचिव फैरु तामाङ्ग स्वयम् सेवक परिचालन समितिको जिम्मेवारी दिइएको छ । नगरपालिका १५ का पूर्व वडा अध्यक्ष किसनसिह घरेडीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...