ghar sansar

अछाम १ बाट प्रतिनिधि सभा सदस्यका लागि भीम रावललाई सिफारिश गर्ने निर्णय

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) साँफेबगर नगर कमिटीको पूर्ण बैठकले अछाम निर्वाचन क्षेत्र नं. १ बाट डा. भीम रावलको नाम प्रतिनिधि सदस्य निर्वाचनका लागि सिफारिश गर्ने निर्णय गरेको छ ।

dirghayi clinic

नगर कमिटी अध्यक्ष ढकेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको बैठकमा रावलको नाम एकल रुपमा सिफारिश गर्ने निर्णय गरिएको हो । बैठकमा पार्टी सुदृढीकरण, एक घर एक संगठित सदस्य बिस्तार गर्ने लगायतका निर्णयहरु गरिएका छन् ।

,orning glory badhai

एमाले प्रदेश कमिटी सदस्य देब बहादुर कुँवर प्रमुख आतिथ्यमा गरिएको बैठकमा प्रदेश कमिटी सदस्य जयन्द्र स्वार, पशुपति कुँवर, जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाह , जिल्ला कमिटी सदस्य केशर मिया , सागर बाब्ली , कार्यालय सचिव गणेश कुँवर, अनेरास्ववियु अछाम जिल्ला सचिव भिम बडाहित लगायतका नेता सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...