ghar sansar

स्मारकमै ओलीको विरोध, स्मारकमै ओलीको स्वागत

little buddha academy
khasi

महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार महेन्द्र स्मारकमा टीका लगाएपछि वर्ष दिन अघि ठूलो संख्यामा पार्टी छाडेका नेकपा एकीकृत समाजवादी गएका नेता कार्यकर्ता फर्किन लागेका छन् । एमाले अध्यक्ष ओलीको संसद विघटन विरुद्ध सडकमा गएर पार्टी विभाजनलाई साथ दिएका उनीहरु अध्यक्ष ओलीबाट टिका लगाएर एमाले फर्किने लागेका हुन् । महेन्द्रनगर स्मारक क्षेत्रमा उनीहरुलाई स्वागत गर्न अध्यक्ष ओली आफैं आउन लागेका छन् ।

अध्यक्ष ओलीको संसद विघटन कदम विरुद्ध स्मारक क्षेत्रमा अघिल्लो वर्ष गरिएको कार्यक्रममा फर्किनेमध्ये अधिकाँश नेताले अध्यक्ष ओलीको चर्को आलोचना गरेका थिए । उनीहरु त्यस बेला तत्कालिन नेकपाको प्रचण्ड माधव नेपाल समूहमा थिए । त्यहीं समूहमा लागेर अध्यक्ष ओलीको विरुद्ध सडकमा निस्किएका नेता बुधबार स्मारकमा अध्यक्ष ओलीबाट टीका लगाएर एमाले फर्किन लागेका हुन् ।

,orning glory badhai

अध्यक्ष ओलीबाट टीका लगाएर बुधबार एमाले कञ्चनपुरका पूर्व इन्चार्ज बिक्रम बहादुर शाही, पूर्व जिल्ला अध्यक्ष तारालामा तामाङ्ग, संघीय साँसद विना बुढाथोकी, बीर बहादुर बुढाथोकी, अशोक कुमार चन्द लगायतका नेता फर्किन लागेका छन् । उनीहरुमध्ये शाही र साँसद बुढाथोकी बाहेक सबै एमालेमा तत्कालिन माधव नेपाल समूहका नेता हुन् ।

एमालेको नवौ महाधिवेशनमा ओली समूहबाट केन्द्रीय सदस्य भएर जिल्ला इन्चार्ज भएका शाही संसद विघटन विरुद्ध लागेर समाजवादी पुगेका हुन् । सुदूरपश्चिममा ओलीको संसद विघटन विरुद्ध उभिने शाही ओली समूहका एक्ला नेता हुन् । उनी बाहेक सुदूरपश्चिममा ओली समूहका सबै नेताले उनको कदमलाई साथ दिएका थिए ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व जिल्ला अध्यक्ष तामाङ्ग संसद विघटन विरुद्ध उभिए पनि अध्यक्ष ओलीको चर्को विरोध नगर्ने नेतामा पर्छन् । तामाङ्गले पार्टी छाड्न अघिसम्म अध्यक्ष ओली र उनकी धर्मपत्नि राधिको तस्बिर उनको फेसबुक प्रोफाइलमा थियो । एमाले छाडेपछि मात्रै उनले दुबैको तस्बिर आफ्नो प्रोफाइलबाट हटाएका थिए ।

बेदकोटका निवर्तमान मेयर अशोक कुमार चन्द भने अध्यक्ष ओलीको संसद विघटनका कटु आलोचक थिए । एमाले विभाजनपछि समाजवादी नजाने निर्णय लिएका उनी स्थानीय तह निर्वाचन घोषणापछि एकाएक समाजवादी गएका थिए ।

उनले समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई बेदकोट बोलाएर अधिकाँश जनप्रतिनिधि र नेता कार्यकर्तालाई एमाले छाड्न लगाएका थिए । एमाले छाडेको पाँच महिनामै उनी एमाले फर्किन लागेका हुन् । बेदकोटस्थित जयशंकर सामुदायिक वनमा गरिएको कार्यक्रममा उनले एमालेमा सम्मान नपाएपछि पार्टी छाडेको बताएका थिए ।

dirghayi clinic

एमाले फर्किने सूचीमा रहेका विना बुढाथोकी र बीर बहादुर बुढाथोकी लोग्ने स्वास्नी हुन् । अध्यक्ष ओलीको संसद विघटन गरेपछि बुढाथोकी दम्पत्ति दुबैतिर बाँडिएका थिए । साँसद बुढाथोकी संसद विघटनको पक्षमा थिइन् भने बीर बहादुर बुढाथोकी त्यस विरुद्ध सडकमा आएका थिए ।

अध्यक्ष ओलीले डोटीका प्रेम बहादुर आलेमगरलाई वन तथा वातावरण मन्त्रीबाट हटाएपछि बुढाथोकी दम्पत्ति एकै ठाउँमा आएका हुन् । चौतर्फी विवादमा मुछिएपछि अध्यक्ष ओलीले ओलेलाई मन्त्रीबाट हटाएर कैलालीका नारदमुनि रानालाई मन्त्री बनाएका थिए । त्यसपछि आले पनि ओलीको साथ छाडेर माधव नेपाल समूहमा आएर पार्टी विभाजनमा सहभागी भएर समाजवादी आएका थिए । समाजवादीले उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाएको थियो ।

पूर्व मन्त्री आलेले ओलीको साथ छाडेपछि बुढाथोकी दुबै दम्पत्ति एकीकृत समाजवादी आएका हुन् । पूर्व मन्त्री आले बुढाथोकी दम्पत्तिको घरायशी नाता छ । नाताले आले बीर बहादुरका काका पर्छन् । उनी २०५४ को स्थानीय निकाय निर्वाचनमा तत्कालिन जिल्ला विकास समितिको क्षेत्रीय सदस्य निर्वाचित भएका थिए ।

एकीकृत समाजवादीले बुढाथोकीलाई स्थानीय तह निर्वाचनमा बेदकोट नगरपालिकाको निर्वाचन परिचालन समितिको जिम्मेवारी दिएको थियो । बुढाथोकी दम्पत्ति, निवर्तमान मेयर चन्द बेदकोट नगरपालिका ४ का हुन् ।

स्थानीय तह निर्वाचनमा उनीहरु आफ्नै वडामा एमाले भन्दा पछाडि परेका थिए । २०७४ को निर्वाचनमा वडा अध्यक्ष जितेर चन्दसंगै समाजवादी गएका भास्कर भट्ट केही दिन अघि नै एमाले फर्कि सकेका छन् । उनी आफैं वडा अध्यक्षमा पराजित भएका थिए ।

स्मारक क्षेत्रको कार्यक्रममा समाजवादी बाहेक नेकपा माओवादी केन्द्रबाट पनि धेरै नेता कार्यकर्ता एमाले आउन लागेका छन् । संविधान सभा सदस्य कमल क्षेत्री, मोहन गिरी, जनक धामी लगायतका नेता एमाले आउन लागेका छन् ।

एमालेले माओवादीबाट आउने नेताको नाम बाहिर ल्याएको छैन । उनीहरुको नाम गोप्य राखिएको छ । माओवादीबाट एमाले आउने नेता पनि तत्कालिन नेकपामा अध्यक्ष ओलीको संसद विघटन विरोधी छन् ।

अध्यक्ष ओलीको संसद विघटनलाई साथ दिएका माओवादी केन्द्रका नेता लेखराज भट्ट केन्द्रीय सचिव र सुदूरपश्चिम प्रदेश इन्चार्ज छन् । सुदूरपश्चिममा लेखराज भट्ट समूहका अधिकाँश नेता कार्यकर्ता उनीसंगै नेकपा विभाजनपछि एमाले आएका छन् ।

एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्दले बाहिर प्रचारमा आएका नाम सहित विभिन्न पार्टीका धेरै नेता कार्यकर्ता एमाले आउन लागेको बताए । ‘धेरै जना छन्, सबैलाई भोलि स्वागत गरी पार्टीमा प्रवेश गराइन्छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...