ghar sansar

शुक्लाफाँटालाई क्लिन सिटी, ग्रिन सिटी बनाउने मेयर महराको लक्ष्य

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाटा नगरपालिकाका मेयर रण बहादुर महराले शुक्लाफाँटालाई सफा र स्वच्छ नगर बनाउन ग्रिन सिटी क्लिन सिटी बनाउने लक्ष्य राखिएको बताएका छन् ।

संविधान दिवसको अवसरमा झलारी बजारमा सरसफाई कार्यक्रममा सहभागी भएपछि मेयर महराले झलारी बजारमा गरिएका सरसफाईलाई नगर भरि सकारात्मक सन्देश प्रवाह गरिएको बताए ।

,orning glory badhai
dirghayi clinic

‘शुक्लाफाँटा नगरलाई सफा स्वच्छ नगरका रुपमा विकास गर्न चाहन्छौ, त्यसका लागि क्लिन सिटी ग्रिन सिटी बनाउने लक्ष्यका साथ अघि बढेका छौ’ उनले भने, ‘झलारी बजारमा गरिएको सरसफाईले नगर भरि सन्देश जान्छ ।’

झलारी पिपलाडी उद्योग बाणिज्य संघको अगुवाई बजार क्षेत्रमा सरसफाई गरिएको छ । सरसफाईमा मेयर महरा सहित उप मेयर कल्पना पन्त, नगर प्रवक्ता लाल बहादुर ऐर, कार्यपालिका सदस्य भुमा चन्द, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंह, उद्योग बाणिज्य संघका अध्यक्ष धिरेन्द्र सिंह साउद, महासचिव मदनराज जोशी लगायतकका सहभागी भएका छन् ।

कार्यक्रममा झलारी पिपलाडी बाणिज्य संघका अध्यक्ष धिरेन्द्र सिंह साउदले एक दिन मात्र गरी सरसफाई नहुने उल्लेख गर्दै सबै नगर वासिन्दाको घर टोल र सार्वजनिक स्थल सरसफाई गर्न अग्रसर हुनु पर्नेमा जोड दिए ।

Himal dental
सम्बन्धित
Loading...