ghar sansar

पूर्व गृहमन्त्री लेखक गृह नगर पुगे

khasi

महेन्द्रनगर । पूर्व गृहमन्त्री रमेश लेखक महेन्द्रनगर पुगेका छन् । काँग्रेस संस्थापन इतर कञ्चनपुर क्षेत्र नं. ३ क्षेत्रीय अधिवेशन उद्घाटनका लागि लेखक महेन्द्रनगर आएका हुन् । विहान गृह नगर पुगेका उनी अहिले आफ्नै निवासमा नेताहरुसित भेटघाट र छलफलमा छन् ।

लेखकले भीमदत्त नगर अधिवेशनमा महेन्द्रनगर आउन चाहेका थिए । आमाको वार्षिकी कारण उनी नगर अधिवेशन उद्घाटनमा आउन सकेन ।

काँग्रेसका अर्का नेता एनपी साउँदले नगर अधिवेशन उद्घाटन गरेका थिए । साउँदले उद्घाटन कार्यक्रममा लेखक आमाको वार्षिकीका कारण आउन नसक्ने बताएका थिए ।

साउँद आफ्नो निर्वाचन क्षेत्रका नगर अधिवेशन उद्घाटन गर्न आएका थिए । लेखक आउन नसकेपछि उनले भीमदत्त नगर अधिवेशन पनि उद्घाटन गरेका थिए ।

काँग्रेस पार्टी कार्यालयमा लेखकले शुक्रबार क्षेत्रीय अधिवेशन उद्घाटन गर्ने छन् । काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य उनी कञ्चनपुर ३ मा प्रभावशाली नेता मानिन्छन् ।

काँग्रेस विशेष महाधिवेशपछि लेखक संस्थापन इतर समूहमा छन् । उनी १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य जितेका थिए ।

dirghayi clinic

कञ्चनपुर ३ मा २०५६ देखि साँसद भएर उनी मन्त्री भएका थिए ।

काँग्रेस विशेष महाधिवेशनपछि उनलाई गत फागुनमा भएको निर्वाचनमा टिकट नदिई हरि प्रसाद बोहरालाई उम्मेदवार बनाएको थियो ।

लेखक २०७९ को निर्वाचनमा ३० हजार बढी मत ल्याएर निर्वाचित भएका थिए । बोहरा त्यसका तीन तिहाई कम अर्थात १० हजार हाराहारी मत ल्याएर पराजित भएका थिए ।

२०५६ र २०७० को निर्वाचनमा लेखकले फराकिलो मत अन्तरले चुनाव जितेका थिए ।

सरल, मिजासिला र सबैसित समान व्यवहार गर्न सक्ने स्वभावले लेखक सबैको नजरमा परेका नता मानिन्छन् ।

यस अघि उनी भदौ अन्तिम साता गृह नगर आएका थिए । काँग्रेस अगुवा कार्यकर्ता भेलामा सहभागी भएपछि उनी काठमाडौ फर्किएका थिए ।

काँग्रेस कञ्चनपुरको सचिव बन्न अघि महेन्द्रनगरमा उनले पत्रकारिता र वकालत गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...