ghar sansar

शुक्लाफाँटामा ६ वर्षिय बालकलाई मिठाई दिएर चोर्न लागेका तीन भारतीय सहित चार जना पक्राउ

khasi

महेन्द्रनगर । कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकास कुमार साह छन् ।

Anant bahu travels

‘बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेका रहेछन्, हामीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौँ’, उनले भने । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

शुक्लाफाँटा–८ का छ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाई जङ्गलतर्फ लैजान खोज्दा चारै जनालाई घेरा हाली नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...