ghar sansar

भीमदत्तकी उप मेयर भन्छिन्–राजनीति भन्दा माथि उठेर काम गर्छु

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले राजनीति भन्दा माथि उठेर काम गर्ने बताएकी छन् । उनले नगरपालिका सबै वडाको विकास निर्माणलाई प्राथमिकता दिइने बताइन् ।

dirghayi clinic

‘यहाँहरुको सहयोगले म उप मेयर भएकी छु, त्यसका लागि सबैलाई धन्यवाद दिन्छु’ द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रले आयोजना गरेको शान्तिका लागि स्थानीय शासन क्षमता कार्यक्रमको तेस्रो चरण परिचयात्मक कार्यक्रममा उनले भनिन्,‘राजनीति भन्दा माथि उठेर काम गर्नेछु, भीनपा १९ वडालाई प्राथमिकता दिएर काम गर्छौ ।’

,orning glory badhai

कार्यक्रममा उप मेयर जोशीले केन्द्रले एकल महिलाहरुको हकहित अधिकारका लागि लड्दै आएकोमा प्रशंसा व्यक्त गर्दै आफूले सक्दो सहयोग गर्ने बताइन् ।

Himal dental
सम्बन्धित
Loading...