ghar sansar

भीमदत्तको पाँच लाख सहयोग लिन आएनन् रेडक्रसका पदाधिकारी, रेडक्रसका कार्यालय प्रमुखले चेक बुझेर लगे

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले रक्त सञ्चार सेवा केन्द्रका लागि दिइएको पाँच लाख सहयोग रकम लिन नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका प्रमुख मनोज प्रसाद उप्रेतीले बुझेका छन् ।

भीमदत्त नगरपालिका कार्यालयमा नगर उप प्रमुख निलम लेखक जोशीले उप्रेतीलाई पाँच लाखको चेक हस्तान्तरण गरेकी छन् । २०७४ को स्थानीय तह निर्वाचनपछि नगरपालिकाले रेडक्रसलाई रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि सहयोग गर्दै आएको छ । सुरुमा तीन लाखबाट सुरु गरिएको सहयोग रकम यस वर्ष पाँच लाख पुगेको छ । अघिल्लो वर्ष चार लाख सहयोग गरिएको थियो ।

,orning glory badhai

रेडक्रसको रक्त सञ्चार सेवा केन्द्रबाट भीमदत्त नगरपालिकाका कमजोर अवस्थाका वासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउनका लागि रेडक्रसलाई बर्सेनी सहयोग गरिदैं आएको हो ।

dirghayi clinic

यस वर्ष पनि सहयोग रकमलाई निरन्तरता दिएर नगर सभाबाट बजेट विनियोजन गरिएको थियो । अघिल्लो कार्यकालसम्म दोस्रो चौमासिकमा सहयोग रकम प्रदान हुँदै आएकोमा यस वर्ष असोजमा दिइएको हो । भीमदत्तका मेयर पदम बोगटीको अनुपस्थितिमा रेडक्रसलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा सहयोग रकम लिन रेडक्रसका पदाधिकारी अनुपस्थित भएका छन् । रेडक्रसका सभापति टेकराज उप्रेती केही महिना अघि भएको अधिवेशनबाट सभापतिमा दोहोरिएका छन् । उनी बाहेक अन्य पदाधिकारी पनि नगरपालिका कार्यालयमा अनुपस्थित भएका छन् ।

अघिल्लो वर्षसम्म सहयोग रकम लिन रेडक्रसका सभापति उप्रेती लगायतका पदाधिकारी आफैं आउने गरेका थिए । यस पटक रेडक्रसले पदाधिकारी र सदस्यलाई भीमदत्त नपठाएर कार्यालय प्रमुखलाई रकम लिन पठाएका छन् । रेडक्रसको भवन नगरपालिकासित जोडिएको छ ।

रेडक्रसलाई रकम हस्तान्तरण कार्यक्रममा भने उप मेयर जोशी सहित प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, मेयर बागेटीका सचिवालयका जन सम्पर्क तथा प्रशासनिक सल्लाहकार गौराज बहादुर लिम्बु, न्यायिक समिति सदस्य नर बहादुर साउँद र काँग्रेस नेता ईश्वरी दत्त जोशी सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...