ghar sansar

बैतडीमा बागीले बनायो सत्ता गठबन्धन तहसनहस, दामोदरलाई दोहोरिन भएकै हो त सहज

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीमा प्रतिनिधि सभाका लागि नेकपा एमालेबाट दामोदर भण्डारी र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजय सुन्दर) चुनावी मैदानमा आएका छन् । उनीहरु २०६४ र २०७० मा पनि एक अर्काविरुद्ध उम्मेदवार रहेका थिए ।

२०७४ सालको निर्वाचनमा भने बाम गठबन्धन भएपछि कुँवरले भण्डारीका लागि भोट मागेका थिए । तर अहिलेको चुनावमा भने उनीहरु दुवै जना एकै पदका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

,orning glory badhai

दुई पटक विजय हासिल गरिसकेका एमालेका प्रदेश कमिटी अध्यक्ष समेत रहेका भण्डारी तेश्रो पटक जित हासिल गरेर ह्याट्रिक गर्ने दाउमा रहेका छन् भने कांग्रेसको साथ पाएर चुनाव जित्ने रणनीतिमा कुँवर पनि लागेका छन् ।

दुई पटक संगै प्रतिस्पर्धा गरेका भण्डारी र कुँवर फेरी तेश्रो पटक एक अर्काको प्रतिस्पर्धीका रुपमा देखिएका छन् । २०६४ सालमा कुँवरले भण्डारीलाई हराएका थिए भने २०७० सालको निर्वाचनमा भण्डारीले कुँवरलाई हराएका थिए । अहिलेको चुनावमा कांग्रेसको साथ पाएर कुँवर चुनावी मैदानमा छन् भने भण्डारी एमालेबाट चुनावी मैदानमा रहेका छन् । यो पटकको चुनावलाई यहाँ निकै चासोको रुपमा हेरिएको छ ।

पूर्व अर्थराज्यमन्त्री समेत भइसकेका भण्डारी कुँवरलाई पर्छान जोडबल गरिरहेका छन् भने माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य समेत रहेका कुँवर कांग्रेसको साथले भण्डारीलाई पछार्ने कसरतमा रहेका छन् ।

dirghayi clinic

२०७४ मा बाम गठबन्धनको साझा उम्मेदवार बनेका भण्डारी नेपाली काँग्रेसका नर बहादुर चन्दलाई पराजित गर्दै प्रतिनिधि सभामा विजयी भएका थिए । त्यो बेला उनका लागि स्वयं नरेन्द्र कुँवरले भोट मागेका थिए । तर अहिले भने कुँवर २०७० सालको चुनावमा व्यहोरेको हारको बदला लिने पक्षमा छन् । यता भण्डारी तेश्रो पटक निर्वाचित हुने उम्मेदवारको रुपमा आफ्नो परिचय बनाउन खोजी रहेका छन् ।

लामो समयसम्म एमालेमै रहेर राजनीति गरेका एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य परमानन्द भट्टले पनि संघीय संसदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने सुर्नया गाउँपालिकाको अध्यक्षमा पराजित भएका समाजवादीका नरेन्द्र विष्टले प्रदेशसभा (क) मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

कांग्रेसकै नेताहरुले पनि गठबन्धन विरुद्ध एकातिर उम्मेदवारी दिएका छन् भने अर्कोतिर समाजवादीका नेताहरु समेत असन्तुष्ट देखिएका छन् । गठबन्धन भित्र देखिएको किचलोको फाइदा उठाएर भण्डारी ह्याट्रिक गर्ने रणनीतिमा रहेका छन् ।

यता, गठबन्धनको मतका आधारमा आफू बलियो रहेको कुँवरको दाबी छ । बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गराउने कसरत भइरहेको र उम्मेदवारी फिर्ता हुने उनको विश्वास रहेको छ ।

गएको वैशाख ३० गतेको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा बैतडीमा एमाले सबै भन्दा अगाडी देखिन्छ ।

यहाँ एमालेको ३५ हजार ४८, कांग्रेसको ३३ हजार ६८३, माओवादीको १४ हजार ९९८, नेकपा एकीकृत समाजवादीको ३ हजार १४० र राप्रपाको २ हजार ४ मत छ । तर गठबन्धनको मत जोडेर हेर्दा गठबन्धनको पल्लाभारी रहेको कुँवरको दाबी छ ।

Himal dental
सम्बन्धित
Loading...