ghar sansar

दोधारा चाँदनीमा शुक्रबारदेखि प्रचञ्ड चण्डीको रामलिला

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा प्रचण्ड चण्डीका समाज बिकास नेपालले भोलिबाट भगवान रामको जिवनीमा आधारित रात्रीकालिन रामलिला नाट्य श्रंखला सञ्चालन गर्ने भएको छ् ।

दोधारा चाँदनी नगरपालिका ३ हिन्दुहरुको महान पर्व विजय दशमी र शुभ दिपावलीको पावन असरमा भगवान रामको जिवनीमा आधारित रामलिला नाट्य श्रंखला संचालन गर्ने भएको प्रचण्ड चण्डीका समाज बिकास नेपालले जनाएको छ् ।

,orning glory badhai
dirghayi clinic

भोली साँझ भगवान रामको जीवनीमा आधारित रात्रीकालिन रामलिला नाट्य श्रंखलाको विधिवत रुपमा उद्धघाटन गर्ने कार्यक्रम रहेको प्रचण्ड चण्डी रामलिला ब्यवस्थापन समितिको संयोजक अमृता शाही साउँदले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ३ को पुरानो भन्सार कार्यालयको मैदानमा संचालन हुने रामलिला नाट्य श्रंखलाले साँस्कृतिक सामाजिक गतिविधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा बताईएको छ ।

रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउदै आदर्शको बाटोमा डो¥याउन समेत रामलिला नाट्य श्रंखलाले सहयोग प्रचण्ड चण्डी रामलिला ब्यवस्थापन समितिको संयोजक अमृता शाही साउँदले बताए ।

दोधारा चाँदनी नगरपालिका ७ लक्ष्मी माध्यमिक बिद्यालयमा संचालन क्रममा रहेको आदर्श रामलिला नाट्य श्रंखला सञ्चालन क्रममा रहेको छ ।

Himal dental
सम्बन्धित
Loading...