ghar sansar

सत्ता गठबन्धनले यसरी किन्दैछ भोट, आचार सँहिता मिचेर आरक्ष विस्थापित शिविरमा लत्ता कपडा वितरण

निर्वाचन आचार सँहिता समितिका संयोजक जोशी भन्छन्– छलफल गरी निर्णय लिन्छौ

little buddha academy
khasi

महेन्द्रनगर । सत्ता गठबन्धन कार्यकर्ताले निर्वाचन आचार संहिता मिचेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्का शिविरमा न्यानो लत्ता कपडा बाँडेका छन् । गठबन्धन आवद्ध दल कांग्रेसका शिरोमणि ओझा र राम चन्द ठकुरीको अगुवाईमा शिविरमा न्यानो कपडा कपडा बाँडिएका छन् । ओझा आफैंले शिविरमा लत्ता कपडा बाँडेको सार्वजनिक गरेका छन् ।

‘सेवा गर्न सेवा गर्ने हात चाहिन्छ । ढक्का आरक्ष शिविरमा हिउँदे लगाउने लत्ताकपडा वितरण गरियो’ काँग्रेस नेता ओझाले आफ्नो फेसबुकमा भनेका छन्, ‘आर क्षपीडित शिविर अन्तर्गत ८ टोल समितिभित्रका विपत्ति परेका ८५ परिवारहरूलाई डम्बर गुरुङज्यूको सहयोगमा न्यानो लुगाकपडा वितरण गरियो ।’

,orning glory badhai
dirghayi clinic

निर्वाचन लागू भइसकेको अवस्थामा कसैले पनि कपडा वितरण गर्न नपाइने निर्वाचन आचार संहिता अनुगमन समिति कञ्चनपुरका संयोजक विष्णुदत्त जोशीले जानकारी दिए । उनले समितिको जानकारी आइसकेको विषयमा भोलि छलफल गरेर निर्णय लिइनेछ ।

२०५८ मा संकटकालका बेला तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सेना र हात्ती परिचालन गरेर आरक्ष विस्तारको क्रममा उनीहरुलाई बेदखल गरेको थियो । ती परिवार अझै पुनस्र्थापन हुन नसकेर शिविरमा बसि रहेका छन् ।

कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउँद प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनी सातौ पटक चुनावी मैदानमा छन् । उनीसित एमालेका निवर्तमान साँसद नर बहादुर धामी प्रतिस्पर्धी छन् । अघिल्लो निर्वाचनमा साउँदलाई धामीले पराजित गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...