ghar sansar

महाकाली यातायातका नव निर्वाचित अध्यक्ष भट्ट भन्छन्– मत परिणाम घोषणापछि लगाइएका नाराले अत्यन्तै दुःखी र चिन्तित छु

khasi

महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनीका नव निर्वाचित अध्यक्ष नबिन भट्टले सोमबार राति मत परिणाम घोषणापछि लगाइएका नाराले आफू दुःखित र चिन्तित भएको बताएका छन् ।

निर्वाचन समितिले मत परिणाम घोषणापछि भट्टका समर्थकले अर्का उम्मेदवार बिष्णु कँडेललाई लक्षित गर्दै क्षेत्रीयताको नारा लगाएका थिए ।

अध्यक्षका प्रत्यासी कँडेलले सामाजिक सञ्जालबाट नाराहरुप्रति असुन्तष्टि पोखेका छन् ।

dirghayi clinic

नव निर्वाचित अध्यक्ष भट्टले आफू निर्वाचित भएपछि समर्थकहरुले लगाएका नाराप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सामाजिक सञ्जालमा अमर्यादित नाराहरुप्रति दुःख र चिन्ता व्यक्त गरेका छन् ।

‘कम्पनीका नव निर्वाचित भट्टले मंगलबार सामाजिक सञ्जालमा निर्वाचनको परिणाम सार्वजनिक भएपछि मेरो विजयको खुसीमा समर्थकहरू, व्यवसायीहरू र यातायात मजदुर साथीहरूद्वारा निकालिएको विजय जुलुस र नाराबाजीका क्रममा केही अप्रत्याशित र दुःखद घटनाहरूप्रति मेरो ध्यानाकर्षण भएको छ’ उनले भनेका छन्, ‘उक्त क्रममा केही व्यक्तिहरूबाट प्रयोग गरिएका अमर्यादित नाराहरूप्रति म गहिरो दुःख र चिन्ता प्रकट गर्दछु।यस विषयमा म आफ्नो धारणा स्पष्ट पार्न चाहन्छु ।’

अध्यक्ष भट्टले आफूले विजय जुलुश आयोजना नगरेको स्पष्ट पारेका छन् । उनले आफू पूर्वाग्रही स्वभावको मान्छे नभएको उल्लेख गर्दै छन्, ‘उक्त विजय जुलुस वा नाराबाजी कार्यक्रम मेरो तर्फबाट आयोजना गरिएको थिएन र त्यस्ता अमर्यादित नाराहरू लगाउन मबाट कुनै प्रकारको निर्देशन वा प्रोत्साहन भएको थिएन।म त्यति सम्म नराम्रो स्वभाव नभएको हजुर हरुलाई थाहा नै होला तथा मेरो कुनै पुर्वाग्रह नरहेको साथै म सधैं स्वस्थ, सभ्य र मर्यादित निर्वाचन प्रणाली एवं सामाजिक सद्भावमा विश्वास राख्दछु ।’

अध्यक्ष भट्टले निर्वाचन प्रक्रिया मात्रै भएको र सबै व्यवसायी हकहितका लागि एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् । उनले अमर्यादित गतिविधिले भावनामा पुगेको आघातप्रति क्षमा मागेका छन् ।

‘निर्वाचन एउटा प्रक्रिया मात्र हो, अब हामी सबै व्यवसायीहरुको हकहितका लागि एकजुट भएर अगाडि बढ्नु पर्छ, उत्साहका बीच भएका यस्ता अमर्यादित गतिविधिहरूले कसैको पनी भावनामा ठेस पुगेको भए म क्षमाप्रार्थी छु र आगामी दिनहरूमा सबै पक्षलाई संयमित र मर्यादित भई प्रस्तुत हुन हार्दिक अनुरोध गर्दछु’ उनले भनेका छन् ।

Himal dental
सम्बन्धित
Loading...