ghar sansar

चुनावी घरदैलोमा सुझाव पनि संकलन गर्दै छन् कञ्चनपुर ३ का स्वतन्त्र उम्मेदवार सिह

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिंहले चुनावी मतदाताका घरदैलोमा पुुगेर सुझाव लिएका छन् । प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्तापछि मतदाता भेटघाट गरी सिहले सुझाव पनि लिएका छन् ।

सिह भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका केही वडामा घरदैलो गरी पुगेका छन् । ‘अहिले म घरदैलो छु, त्यस क्रममा सबै क्षेत्रका व्यक्तिबाट सुझाव समेत संकलन गरिरहेका छु’ आइतबार भीमदत्त नगरपालिका–४ जानकी टोलमा मुख्य सम्पर्क कार्यालय उद्घाटनपछि उनले भने ।

dirghayi clinic

उनले राजनीतिलाई पेशा नभएर सेवा बनाउनु पर्ने बताए । ‘राजनीति पेसा होइन्, सेवा हो, एक पटक जितेका व्यक्तिका लागि ५ वर्षको कार्यकाल प्रयाप्त हो,’ उनले भने, एउटै व्यक्ति पटक पटक सांसद हुने तर जनताका लागि केही काम नगर्ने प्रबृति अन्त हुनु पर्छ भनेर मैदानमा आएको छु ।’

सिहले जानकी टोलस्थित मुख्य कार्यालय सहित भीमदत्त नगरपालिका –७ र ८ मा पनि सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो विकास र उत्पादनमुखी उद्योग स्थापनालाई उनले प्रमुख एजेण्डा बनाएका छन् । ‘शिक्षा र स्वास्थ्यमा सबै नागरिकको सहज पहुँच हुनुपर्छ, नि:शुल्क गरिनुपर्छ,’ उनले भने, ‘युवालाई रोजगारी दिनका लागि उत्पादनमुखी उद्योगमा हामी जोड दिन्छौं ।’

Himal dental
सम्बन्धित
Loading...