ghar sansar

सत्ता गठबन्धनका उम्मेदवार रानाले फाले दोधारा चाँदनीमा जातीय र क्षेत्रीयताको कार्ड, चुनावी एजेण्डामा मौन बसेर एमाले उम्मेदवारमाथि लगाउन थाले आक्षेप

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का सत्ता गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार बेल बहादुर रानाले दोधारा चाँदनीमा भेगीय र जातीय नारा अघि सारेका छन् ।

सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक सहितको सहभागितामा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा दुबै कार्ड फालेर मतदाता तान्न खोजेका हुन् ।

भीमदत्त नगरपालिकामा चुनावी घरदैलोपछि दोधारा चाँदनीमा गरिएको कार्यक्रममा उनले सत्ता गठबन्धन संविधान जोगाउन बनेको, आफू मगर जनजाति समुदाय र दोधारा चाँदनी क्षेत्रको एक्लो उम्मेदवार भएको भाषण गरी मतदाताको साथ खोजेका छन् ।

कार्यक्रममा भेगीय र जातीय कार्ड फालेपछि एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्ट र एमालेप्रति आक्षेपमा समय बिताएका उनी आफ्नो चुनावी एजेण्डामा भने मौन बसेका छन् ।

dirghayi clinic

उनी एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार विष्टमाथि व्यक्तिगत आक्षेपसम्म पुगेका छन् । उनले भीमदत्त नगरपालिकाको दायित्व, महाकाली नदीको रोयल्टीलाई लिएर विष्टलाई विवादमा तान्न खोजेका छन् । यस अघि काँग्रेसका केही नेताले रोयल्टी रकमलाई लिएर विष्टलाई विवादमा तान्ने प्रयास गरेका थिए ।

एमालेका प्रदेश सभा सदस्य उम्मेदवार विष्ट भीमदत्त नगरपालिकाका निवर्तमान मेयर हुन् । उनी आफ्नो पुरै भाषणमा विष्ट र एमालेमाथि आक्षेप लगाएका छन् ।

विष्ट सहित एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल, निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टलाई विभिन्न आक्षेप लगाएर विवादमा मुछेका छन् ।

प्रदेश सभा सदस्यका उम्मेदवार रानाले विष्ट सहित नेतालाई आक्षेप लगाएपछि एमालेको भीमदत्त नगर कमिटीका अध्यक्ष हिमाले चन्दले पाँच वर्षे कार्यकालमा गरिएका काम नगरपालिका गएर हेर्न रानालाई सुझाव दिएका छन् । भीमदत्त नगरपालिकाका निवर्तमान प्रवक्ता चन्दले चुनावी एजेण्डा केही नभएर राना व्यक्तिगत आक्षेपमा आएर चुनावी प्रचारमा लागेको बताए ।

‘भीमदत्तमा के गरेका छौ, हाम्रा साँसदले के गरेका छन्, यसरी आक्षेप लगाएर केही हुँदैन’ उनले भने,‘फिल्डमा गएर हेर्नु होस, १८ वर्षसम्म के नभएको विकास गरेका छौ, यस्ता आक्षेप लगाएर केही हुँदैन ।’

Himal dental
सम्बन्धित
Loading...