ghar sansar

माओवादीमा कारवाही सिफारिश गरिएका नेता कार्कीलाई बोक्सर सहित नेताले दिए साथ, जिल्ला संयोजकलाई कारवाही सिफारिश खारेजीका लागि दबाव

little buddha academy
khasi

महेन्द्रनगर । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कृष्णदत्त जोशी बोक्सर सहित जिल्ला र नगर कमिटीका नेताले डम्बर सिह कार्की डिकेलाई गरिएको कारवाहीको सिफारिश खारेज गर्न दबाव दिएका छन् । प्रदेश कमिटीका सदस्य जोशी सहित सात जनाले कार्कीलाई मनोगत रुपमा कारवाही गरिएको उल्लेख गर्दै कारवाही सिफारिशका लागि जिल्ला कमिटीलाई दबाव दिएका हुन् ।

माओवादी केन्द्रका जिल्ला संयोजक खेमराज पाण्डेयलाई संयुक्त रुपमा पत्र पठाएर उनीहरुले कार्कीलाई कारवाही खारेज र स्थानीय तह निर्वाचनको अन्र्तघात छानबिन गरी कारवाही गर्नु पर्ने माग अघि सारेका छन् ।

,orning glory badhai

माओवादी केन्द्रको भीमदत्त नगर कमिटीले चार दिन अघि नेता कार्कीलाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा पार्टी सदस्यता समेत नरहने गरी कारवाही गर्न सुदूरपश्चिम प्रदेश कमिटीमा सिफारिश गरेको थियो ।

dirghayi clinic

कार्कीको कारवाही सिफारिश विरुद्ध प्रदेश कमिटी सदस्य जोशी सहित जिल्ला कमिटी सदस्य शंकर कुँबर, सत्ता गठबन्धनको प्रदेश सभा ३ क को मूल प्रचारप्रसार समितिका संयोजक दिपक साउँद शिखर, मूल प्रचार समितिका सदस्य दान बहादुर बम, भीमदत्त नगर कमिटीका उपाध्यक्षहरु रघुबीर धामी, तारा प्रसाद जोशी र पूर्णानन्द जोशीले संयुक्त हस्ताक्षर गरी माओवादीका जिल्ला संयोजक पाण्डेयलाई जानकारी पत्र बुझाएका छन् ।

माओवादी केन्द्रको प्रदेश कमिटीलाई बोधार्थ दिइएको जानकारी पत्रमा नेता देबेन्द्र ढुङ्गाना नाम राखिए पनि हस्ताक्षर गरिएको छैन ।

माओवादी केन्द्रका भीमदत्त नगर इन्चार्ज लोकराज जोशी, नगर अध्यक्ष अशोक चन्द र सचिव दशरथ भण्डारीले कार्तिक १३ गते कार्कीलाई साधारण सदस्यता समेत नरहने गरी कारवाहीका लागि सिफारिश गरेका थिए ।

दुई दशकदेखि माओवादी केन्द्रमा सक्रिय कार्की २०७४ को स्थानीय तह निर्वाचनमा भीनपा २ मा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...