ghar sansar

एमाले उम्मेदवार विष्टले भीमदत्तको मेयर हुँदा बनाएको शुक्लाफाँटा पर्यटन मार्ग कुतियाकवरसम्म पुगाउने, दोधारा चाँदनीलाई समृद्ध नगर बनाउने प्रतिवद्धता

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (ख) का प्रदेश सभा सदस्यका एमाले उम्मेदवार सुरेन्द्र विष्टले आफूले भीदमत्तको मेयर हुँदा बनाएको शुक्लाफाँटा पर्यटन मार्गलाई दोधारा चाँदनीको कुतियाकवरसम्म पुगाउने बताएका छन् ।
खुला मञ्चमा सुरु एमालेको चुनावी सभा उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनलाई मध्यनजर गरी कुतियाकवरसम्म पुगाउने उल्लेख गरे ।

‘भीमदत्तको मेयर हुँदा शुक्लाफाँटा पर्यटन मार्ग बनाएका छौ, अहिले त्यस मार्गलाई कुतियाकवरसम्म पुगाउँछौ’ उनले भने,‘यसबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन हुन्छ, जसबाट दुबै नगरपालिकाले लाभ लिन सक्छन् ।’

dirghayi clinic

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि उनले बागफाँटादेखि झोलुङ्गे पुलसम्म शुक्लाफाँटा पर्यटन मार्ग बनाएका छन् । प्रदेश सभा सदस्य भएपछि त्यहीं मार्गलाई दोधारा चाँदनीको कुतियाकवरसम्म पुगाउने उनको योजना छ ।

एमाले कञ्चनपुरका अध्यक्ष विष्ट २०७४ को स्थानीय तह निर्वाचनमा भीमदत्तको मेयर निर्वाचित भएका थिए । अहिले उनी प्रदेश सभा सदस्य ख मा उम्मेदवार भएका छन् ।

चुनावी सभामा मन्तव्यपछि उनले अध्यक्षताको आशन ग्रहण गरेका छन् । उनले महाकाली नदीको बहु उपयोग, समृद्ध दोधारा चाँदनी बनाउने, भानु बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंङ्गिक बनाउने, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई विका र विचारको आधारशिला बनाइने लगायतका कार्य गरिने बताए ।

Himal dental
सम्बन्धित
Loading...