ghar sansar

प्रचण्ड चण्डिका रामलिला समितिको पुरस्कार वितरण

little buddha academy
khasi

दोधारा । प्रचण्ड चण्डिका रामलिला व्यवस्थापन समितिको सम्मान तथा पु्रस्कार कार्यक्रम सम्पन्न भएको छ । दोधारा चाँदनी नगरपालिका ३ स्थित प्रचण्ड चण्डिका मन्दिरमा कार्यक्रम गरी रामलिला नाट्य श्रृङ्खलाका निर्देशक, पात्र, व्यवस्थापन, संगितकार, स्वयम् सेवक, चन्दादाताहरुलाई पुरस्कार तथा सम्मान गरिएको प्रचण्ड चण्डिका रामलिला ब्यवस्थापन समितिले जनाएको छ् ।

dirghayi clinic

,orning glory badhai

रामलिला नाट्य श्रंखलामा सघाउने सबै बिद्याहरुलाई सम्मान तथा पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, बिशिष्ठ अतिथीमा उपमेयर गंगा देबी जोशी रहेका थिए भने, अतिथीमा दोधारा चाँदनी नगरपालिका ५ का वडा अध्यक्ष केशव खत्री, वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडी, अधिकारकर्मी खिमा चन्द, नन्दा खत्री, मथुरा पन्त, सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनी (देबिस्थान) मा प्रहरी निरिक्षक प्रबिण फु¥याल लगायत सहभागी भएका छन् ।

कार्यक्रममा रामलिला नाट्य श्रंखलाका निर्देशक, पात्र, ब्यवस्थापन, पत्रकार, संगितकार, स्वयम् सेवक, चन्दादाताहरुलाई पुरुस्कार तथा सम्मान गरिएको छ् ।

 

 

Himal dental
सम्बन्धित
Loading...