ghar sansar

कञ्चनपुर ३ मा सत्ता गठबन्धनको चुनावी घरदैलो, भोट माग्दै प्रत्यक्ष र समानुपातिक उम्मेदवार चुनावी प्रचारमा

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा सत्ता गठबन्धनले चुनावी घरदैलोलाई निरन्तरता दिएको छ । सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक र प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रसाद भट्ट र बेल बहादुर राना सहित सबै उम्मेदवार घरदैलोेमा व्यस्त भएका छन् ।

dirghayi clinic

‘हामी चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छौँ, काँग्रेस नेता गोपाल गुरुङ्गले भने, ‘अघिल्लो पटक बाम गठबन्धन, यस पटक लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा जनता देखिएका छन ।’

,orning glory badhai

माओवादी केन्द्रका नेता लोकराज जोशीले चुनावी अभियानसंगै एमाले, समाजवादी, राप्रपा सहितका अन्य दलबाट नेता कार्यकर्ता प्रवेसक्रम जारी रहेको बताए । ‘हामी बाम गठबन्धन चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छौँ, ‘उनले भने, ‘हामीलाई अपार साथ सर्मथन पाईएको छ ।’

कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार पुर्वमन्त्री रमेश लेखक, क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार एव संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, ३(ख) काँग्रेस युवा नेता ए उम्मेदवार बेल बहादुर रानाले जनतासंग प्रत्यक्ष सम्वाद, छलफल गर्दै स्थानीय जनजीविका, समस्या समाधान गर्दै राष्ट्रियता र जनताकै पक्षमा काम गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन ।

Himal dental
सम्बन्धित
Loading...