ghar sansar

सत्ता गठबन्धनलाई पैसा बाँडेर मत किन्ने सपना नदेख्न एमाले उम्मेदवार सिहको चेतावनी, भन्छन् – पैसा बाँडेर मत किन्न खोजे प्रतिकारमा उत्रिनुस्, संरक्षण हामी गछौ

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ क का एमालेका प्रदेश सभाका उम्मेदवार बचन बहादुर सिंहले पैसाले मत किन्न खोजे प्रतिकारमा उत्रिन युवालाई निर्देशन दिएका छन्।

एमालेको भातृ संगठन युवा संघ नेपालका निवर्तमान अध्यक्ष समेत रहेका सिंहले कृष्णपुर नगरपालिका–५ गुलरियामा युवा संघको कार्यालय उद्घाटन गर्दै यस्तो निर्देशन दिएका हुन ।

,orning glory badhai

‘पैसा बाडेर मत किन्ने प्रयत्न गर्दैछन् भन्ने सुनिदैछ, युवासंघ हतियार बिनाको सिपाई हो, हामी हतियार बोक्दैनौं, चुस्ता लाउदैनौं, तर बेथिति अराजकता, गुडागर्दी सृजना गर्नेलाई ठेगाना लगाउने कामको जिम्मा युवाहरुको,’ उनले भने, ‘संरक्षण गर्ने जिम्मा हाम्रो भयो, गाउँ गाउमा जानु होस्, गठबन्धन रहित नेपाल बनाउने हो ।’

dirghayi clinic

भारतको सरणमा परेर नागरिकता विधेयकले देशलाई फिजीकरण गर्ने गठबन्धनलाई चोटिलो जवाफ दिन युवा पंक्तिले दिनु पर्ने उनले उल्लेख गरे।

देशमा नेकपा एमालेसंग एक्लै चुनाव लड्न सक्ने शक्ति नभएकाले अरुको सहारामा दलहरुले चुनाव लड्नु पर्ने अवस्था आएको सिंहले जिकिर गरे।

‘आफ्नो तागतले हिँड्न नसक्नेलाई बैशाखी चाहिन्छ, एमालेसंग चुनाव लड्न नसक्ने र पार्टी समाप्त हुन्छ भनेर प्रचण्ड, माधवहरु रोएर गठबन्धन बनाएका हुन,’ उनले भने, ‘आफै चुनाव लड्ने जागर नभएकाहरुले बनाएको गठबन्धन विरुद्ध एमाले एक्लै चुनाव लडिरहेको छ ।’

गठबन्धन स्वार्थको लागि बनेको बताउँदै सिंहले जनताले चुनावमा परास्त गर्नु पर्ने उनको भनाई थियो। ‘गठबन्धनलाई जनताले दिउँसै बत्ति बालेर खोज्नु पर्ने स्थितीमा पु–याउनुपर्छ,’ उनले भने, ‘सुकुम्बासी, आदिवासी, रोजगारविहिनलाई स्वदेशमै रोजगारी दिने योजना नै छैन ।’

Himal dental
सम्बन्धित
Loading...