ghar sansar

नेता कार्यकर्ताको भविष्य नभएको भन्दै नेता कार्कीले छाडे माओवादी, भने– विकृति र विसंगतिले नेता कार्यकर्ताको भविष्य छैन

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र कञ्चनपुर जिल्ला कमिटी सदस्य डम्बर सिह कार्की डिकेले कारवाही सिफारिश फिर्ता गरिएपछि पार्टीमा नेता कार्यकर्ताको भविष्य नभएको भन्दै परित्याग गरेका छन् ।

माओवादी केन्द्रको भीमदत्त नगर कमिटीले अनुशासन उल्लङ्घन गरेको भन्दै कार्कीलाई साधारण सदस्यता समेत नरहने गरी कारावहीका लागि गरेको सिफारिश तीन दिन अघि फिर्ता लिएको थियो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचनमा कार्कीले फेसबुकमा पार्टी विरुद्ध चुनावी प्रचार गरेको आरोपमा उनलाई कारवाही सिफारिश गरिएको थियो ।

dirghayi clinic

भीमदत्त नगरपालिका २ का निवर्तमान वडा अध्यक्ष समेत रहेका कार्कीले पार्टीभित्र बढेको विकृतिका कारण नेता कार्यकर्ताको भविष्य नभएको उल्लेख गर्दै आफूले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् । उनले प्रेस विज्ञप्तिमा पार्टीका अन्य नेता कार्यकर्तालाई पनि आफ्नो अभियानमा सहभागी हुन आव्हान गरेका छन् ।

माओवादी केन्द्रका भीमदत्त नगर कमिटीका उपाध्यक्ष पूर्णानन्द जोशीले मंगलबार पार्टी परित्याग गरेका थिए । माओवादीका नेता कार्कीलाई कारवाही सिफारिश गरिएपछि जोशी सहित ६ नेताले कारवाही फिर्ताका लागि जिल्ला कमिटीलाई दबाव दिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...