ghar sansar

भीमदत्त १८ का वासिन्दाले भत्ता लिन बैंकमा जानु नपर्ने, वडा कार्यालयबाट वितरण गर्ने तयारी

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ मा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । वडा कार्यालयले बैंकसित समन्वय गरी वडा कार्यालयबाट भत्ता वितरण गर्ने तयारी गरेको हो । यस अघि लाभग्राहीले बैंकबाट भत्ता लिने गरेका थिए ।

वडा अध्यक्ष रविन्द्र देबकोटाले बैंकबाट लाइन लाग्ने झन्झट भएपछि बैंकसित समन्वय गरी वडा कार्यालयबाट भत्ता वितरण गर्न लागिएको बताए । ‘ज्येष्ठ नागरिकलाई बंैकमा लाइन लागेर भत्ता लिन घण्टौसम्म लाग्नु पर्ने अवस्था छ, अन्यलाई पनि त्यस्तै छ’ उनले भने,‘अब त्यसरी बैंकमा लाइन लाग्नु पर्ने छैन, वडा कार्यालयबाट भत्ता दिन्छौ ।’

,orning glory badhai
dirghayi clinic

स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष देवकोटाले वडा ज्येष्ठ नागरिकलाई सहज रुपमा भत्ता उपलब्ध गराउने प्रतिवद्धता गरेका थिए । त्यस अनुसार उनले बंंैकसिछ छलफल गरी वडा कार्यालयबाट भत्ता वितरण गर्न लागेका हुन् ।

‘मैले चुनावमा वडा कार्यालयबाट भत्ता वितरण गर्ने कुरा गरेको थिए, त्यस अनुसार अहिले वडा कार्यालयबाट भत्ता वितरण गर्ने तयारी गरिएको छ’ उनले भने ।

भीनपा १८ मा सामाजिक सुरक्षा भत्ता लिने झण्डै दुई हजार वासिन्दा छन् । उनीहरु सबैंको महेन्द्रनगरस्थित एनसीसी बैंकमा खाता खोलिएको छ । बैंक कर्मचारीले वडा कार्यालयमा भत्ता वितरण गर्ने तयारी गरिएको छ । आइतबारदेखि वडा कार्यालयमा भत्ताँ बाँड्न लागिएको हो ।

वडा अध्याक्ष देवकोटाले अबदेखि भत्ता रकम जम्मा गर्ने चाहने वासिन्दाका लागि बंैक खातामा डिपोजिट हुने व्यवस्था पनि गर्न लागिएको बताए । ‘खातामा डिपोजिट हुने वातावरण सिर्जना हुँदैछ, त्यसका लागि पनि कुराकानी भएको छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...