

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ मटेनास्थित झिलमिली सामुदायिक वनका पूर्व अध्यक्ष देब सिंह कार्की मृत भेटिएका छन् ।
मेटनास्थित रामटोलका ५१ वर्षीय रामटोलको सडक छेउ कल्भर्ट नजिक मृत फेला परेका हुन् । बुधबार घरबाट निस्केका कार्की बिहीबार बिहान मृत भेटिएका छन् ।


मृत्युको कारण पत्ता लागेको छैन । प्रहरीले कार्कीको शव जाँचका लागि महाकाली प्रादेशिक अस्पताल ल्याएर राखेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेक रावतले कार्की मृत भेटिएपछि शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल ल्याएको बताए ।्
