ghar sansar

हात्ती आक्रमणबाट महिलाको मृत्यु भएको तारापुर शिविर पुगे शुक्लाफाँटाका मेयर, भन्छन्– नगरपालिकाबाट गर्न सकिने सबै सहयोग गर्छौ

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले हात्ती आक्रमणमा परी ज्यान गुमाएकी लक्ष्मीदेबी डगौराको परिवारलाई सहयोग गर्ने भएको छ ।

शुक्लाफाँटा नगरपालिका–२ रानीपुरकी करिब ६२ वर्षीया लक्ष्मीदेवी डगौराको मंगलबार राति जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । मृतक डगौरा शुक्लाफाँटा नगरपालिका १ स्थित तारापुृर शिविरमा बस्दै आएकी थिइन् ।

शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले बुधबार बिहान डगौराको घर पुगेर घट्नाबारे जानकारी लिएका छन् । उनले मृतकका परिवारमा समवेदना र मृतक चौधरीलाई श्रद्धाञ्जली दिए ।

उनले हात्ती आक्रमणबाट मृत्युको घट्नाले नगरपालिका स्तब्ध भएको र सरकारले हात्ती आक्रमण रोक्न पहल थाल्नु पर्ने र आरक्ष विस्थापित वासिन्दाको व्यवसथापन गर्नु पर्ने बताए ।

dirghayi clinic

शुक्लाफाँटा नगरपालिकाले डगौरा परिवारलाई काजकिरिया खर्च दिने लगायतका सहयोग गर्ने मेयर महराले बताए ।

‘अहिले कार्यालयमा विदा छ, किरिया खर्च सहित के के सहयोग गर्न सकिन्छ, नगरपालिका गर्छ’ उनले भने ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर शिविरमा बस्दै आएकी डगौरालाई मंगलबार राति करिब ११ः१५ बजे झोपडी नजिकै जंगली हात्तीले आक्रमण गरी ज्यान लिएको हो। हात्तीले लखेटेर आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार मृतक महिलाको दुबै खुट्टा चुँडिएको, हात भाँचिएको र टाउकोमा हात्तीले खुट्टाले कुल्चिएको अवस्थामा उनको शव फेला परेको थियो ।

मृतक डगौराको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । परिवारजनका अनुसार उनको शव भोलि वनहरा नदीस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ। हात्ती अहिले पनि तारापुर क्षेत्रमै रहेको स्थानिय बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...