ghar sansar

कञ्चनपुर १ मा सत्ता गठबन्धन संकटमा, दिवान विष्ट विरुद्ध असन्तुष्टि जनाउँदै लेखक निकटका नेता कार्यकर्ता सम्पर्क विहीन

little buddha academy
khasi

महेन्द्रनगर । मतदानको दिन नजिकिदैँ जाँदा कञ्चनपुरको क्षेत्र नं. १ मा कांग्रेस भित्रको असन्तुष्टि झन–झन चुलिदैँ गएको छ । कांग्रेसका सुदूरपश्चिम प्रदेश समितिका सदस्य सहित नेता, कार्यकर्ता अहिलेसम्म सत्ता गठबन्धनको चुनावी प्रचारमा नदेखिएका हुन् ।

सत्तारुढ गठबन्धनमा क्षेत्र नं. १ नेकपा माओवादी केन्द्रको भागमा परेको छ । यहाँबाट माओवादी नेत्री तथा अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगर चुनावी मैदानमा ओर्लिएकी छन् । प्रदेशसभा (१) मा बन्धु राना र (२) मा दिवान विष्ट उम्मेदवार छन् ।

,orning glory badhai

चुनावकै मुखमा कांग्रेसभित्रको किचलोले भने यी तीनै जना उम्मेदवार झन–झन संकटमा पर्दै गएको देखिएको छ। महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरु नै प्रचारमा नदेखिएको र भित्रभित्रै असहयोग गरेको आसयसहित कांग्रेस क्षेत्रीय कार्यसमितिले त्यस्ता नेताहरु उपर आवश्यक कदम चाल्न भन्दै जिल्लालाई पत्र पठाएको छ।

क्षेत्रीय कार्य समितिले १० जना नेता–कार्यकर्ताहरु पार्टीको सम्पर्कमा नआएको जानकारी गराउँदै आवश्यक कदम चाल्न बिज्ञप्तिमार्फत भनेको हो । उनीहरु पार्टीको १४ औं महाधिवेशनदेखि प्रदेशसभा २ का उम्मेदवार दिवानसिंह विष्ट प्रति रुष्ट छन्। टिकटमा मनपरी गरेको भन्दै प्रचारमा नदेखिएका हुन् ।

dirghayi clinic

कारबाहीका लागि सिफारिस गरिएका अधिकांस नेताहरु कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र ३ का उम्मेदवार रमेश लेखक निकट मानिन्छन। लेखक कांग्रेसको आन्तरिक राजनीतिमा संस्थापन अर्थात प्रधानमन्त्री शेरबहादुर निकट हुन्। विष्ट संस्थापन इतर समूहमा छन् ।

पुनर्वास नगरपालिकाकी उपमेयर भुलिया रानादेखि हरिचन्द ठकुरीसम्म प्रचारमा नदेखिएको क्षेत्रीय कार्यसमितिले जनाएको छ। पार्टीको आन्तरिक प्रतिस्पर्धामा अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा विष्टले आफ्नो बर्चस्व बचाइराख्न नजिकका उमेदवारलाई टिकट दिलाएको, पार्टीभित्र मनपरी गर्ने गरेको भन्दै नेताहरु रुष्ट भएको कांग्रेस स्रोतले जनाएको छ ।

कांग्रेसको क्षेत्रीय समितिले प्रदेश सदस्य भुलिया राना, क्षेत्रीय समिति सदस्य रामकृष्ण रानासहितलाई कारवाहीका लागि जिल्ला समितिमा सिफारिश गरेको छ। जिल्ला सभापति पदम बोगटीलाई पत्र पठाएर उनीहरु हालसम्म पार्टी समितिको सम्पर्कमा नआएकाले आवश्यक कदम चाल्न माग गरिएको हो।

कांग्रेस क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यय र सचिव विश्राम रानाले पठाएको पत्रमा रानाद्वय सहित क्षेत्रीय प्रतिनिधि हरिचन्द ठकुरी लगायतलाई कारवाहीका लागि माग गरिएको छ । क्षेत्रीय समितिले कार्तिक २२ गते जिल्ला कार्य समितिलाई पत्र पठाएको थियो ।

Himal dental
सम्बन्धित
Loading...