ghar sansar

चुनाव प्रचार सकिएपछि सत्ता गठबन्धनको चुनावी प्रतिवद्धता सार्वजनिक, वर्षमा दुई काम मात्रै सक्ने प्रतिवद्धता

khasi

महेन्द्रनगर । मंसिर द्ध गते हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा सत्ता गठबन्धनले पाँच बर्षमा मुख्य १० काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ । बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै पाँच बर्षमा क्षेत्रको दिगो विकास र सम्बृद्धिका लागि १० महत्वपूर्ण काम गर्ने प्रतिबद्धता जोहर गरेका हुन् ।

गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार एव पुर्वमन्त्री रमेश लेखकले यस क्षेत्रबाट निर्वाचित भएसकेपछि मिलेरै महत्वपूर्ण योजना अघि बढाएर कञ्चनपुरलाई सम्बृद्धि बनाउने बताए ।

Anant bahu travels

प्रतिनिधी सभा सदस्यका उम्मेदवार लेखकले सत्ता गठबन्धन दलको संविधान , व्यवस्था जोगाउँदै स्थिरता ल्याउन प्रमुख एजेण्डासंगै क्षेत्रको सम्बृद्धिका लागि दर्जनौँ एजेण्डा अघि सारेको बताए । ‘यो क्षेत्रलाई सिधै उत्तरमा चिन र दक्षिणमा भारतसंग जोड्छौँ, ‘उनले भने, ‘कञ्चनपुर क्षेत्र ३ लाई त्रिदेशीय नाका विस्तार गछौँ ।’

दुई ठुला राष्ट्र भारत र चिनसंग जोडेर यस क्षेत्रको व्यापारिक, औद्योगिक एव धार्मिक पर्यटकीय गन्तव्य बनाउँदै आर्थिक क्षेत्रको विकास गर्ने बताए । ‘नाका विस्तार भईसकेपछि रोजगारीका अवसर जुट्छन, आर्थिक गतिविधि बढ्छ, यहाँको बेरोजगारी समस्या पनि हट्छ, ‘उनले भने, ‘हामी यसका लागि कटिबद्ध छौँ ।’

dirghayi clinic

यस क्षेत्रका ठुला तथा नदीखोला नाला नियन्त्रण गर्दै कृषियोग्य भूमि जोगाउनेदेखि बस्ती सुरक्षित गर्ने, महाकाली जोगबुढा खन्यखोला सहितका नालाको बर्षनी कटानी नियन्त्रण गर्दै कृषियोग्य भूमि जोगाउने, किसानका समस्यामा समाधान गर्ने प्रतिबद्धता जाहेर गरे ।’

सुदूरपश्चिम विश्वविद्यालयलाई थप बृद्धि विकास गर्दै आगिक क्याम्पस विस्तार गर्ने बताए । महाकाली अस्पतालको स्तर बृद्धि गर्दै नागरिकलाई स्वदेशमै उच्च रोगको उपचार गराउने, खानेपानीको समस्या हटाउने, मझगाँउ विमानस्थल शुचारु गराउने, खेलकुद विस्तार, सीमा समस्या समाधान, महेन्द्रनगर, दोधारा चाँदनी सहितका शहर आधुनिक बनाउने एजेण्डा अघि अघि सारिएको छ ।

‘हामीले घोषणा पत्रमा उल्लेख गरेका वा नगरेका सबै विकास निर्माण एव जनताको जनजिविकासंग रहेका सवाल फेरी पनि जोड्छौँ, ‘लेखकले भने, ‘आगामी ५ बर्षमा १० महत्वपूर्ण काम गरेर यस क्षेत्रमा सम्बृद्धि ल्याउँछौँ ।’

प्रदेश सभा सदस्यका उम्मेदवार रानाले यस क्षेत्रको दिगो विकास र सम्बृद्धिका लागि पहल गर्ने प्रतिबद्धता जोहर गरेका छन ।

Himal dental
सम्बन्धित
Loading...