ghar sansar

कञ्चनपुरमा मतदाता बढे, मतदान बढेन

little buddha academy
khasi

महेन्द्रनगर । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचनमा स्थानीय तह निर्वाचन भन्दा कम मतदाताले मतदान गरेका छन् । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको तुलनामा झण्डै पाँच प्रतिशत कम मतदाताले मतदान गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार सबै निर्वाचन क्षेत्रबाट आएका जानकारीका आधारमा ६० प्रतिशत हाराहारीमा मतदान भएको छ । आइतबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गरिएको छ ।

स्थानीय तह निर्वाचनमा ६५ प्रतिशत हाराहारी मत खसेको थियो । यस पटक थपिएका मतदाताका कारण मतदान प्रतिशत बढ्ने अुनमान गरिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस पटक ७ हजार १५५ मतदाता बढेर ३ लाख, २५ हजार ९ मतदाता पुगेका छन् । स्थानीय तह निर्वाचनमा २ लाख, ९५ हजार ३५४ मतदाता थिए ।

मुख्य निर्वाचन अधिकृत धुव्र कुमार शाहले सबै क्षेत्रका जानकारीका आधारमा ६० प्रतिशत हाराहारीमा मत खसेको बताए । ‘सबै क्षेत्रबाट रिपोर्टिङ्गका आधारमा यसै हाराहारीमा मतदान भएको छ’ उनले भने ।

विहानदेखि मतदान स्थलमा मतदाताको उत्साहपूवर्क सहभागिता नभएको भन्दै फेसबुकमा लेख्न थालिएको थियो । दिउँसोसम्मको उपस्थितिलाई लिएर ५० प्रतिशत पनि मतदान नपुग्ने चिन्ता बढेका थिए । अन्तिम समयमा आएर मतदान ६० प्रतिशत पुगेको छ ।

dirghayi clinic

राजनीतिक क्षेत्रका जानकार एवम् बुद्धिजीविले मतदानमा उत्साह नदेखिनु राजनीतिक दलका लागि चिन्ताको विषय भएको बताए । बुद्धिजीव चम्फासिह भण्डारीले चुनावमा नैराश्यताले राजनीतिक दलप्रतिको वितृष्णाको संकेत देखिएको बताए ।

‘मतदाता मत हाल्न नजानु र त्यहाँ केन्द्रमा उत्साह नहुन दलका लागि चिन्ताको विषय हो, दलहरुप्रति वितृष्णा पोखिएको हो’ उनले भने ।

स्थानीय तह निर्वाचनमा १३२ मतदान स्थलका ३४१ मतदान केन्द्र र अहिले स्थल उही र ५ मतदान स्थल बढेर ३ सय ४६ पुगेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय राजनीति शास्त्रका पूर्व प्राध्यापक डा. टेकराज पन्त पनि राजनीतिक दल, तिनका नेताप्रति जनताको विश्वास गुम्दै गएपछि मतदान कम खसेको बताए ।

पछिल्ला दिनमा राजनीतिक दल, तिनका उम्मेदवारका कामकाज व्यवहारका कारण मतदातामा वितृष्णा जागेको छ, ‘उनले भने, ‘जनताले चाहेका पार्टीले उम्मेदवार अघि नसार्दा पनि अपेक्षित मत परिमाण खसेन ।’

यस पटक प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा ९ पदका लागि ८० चुानवी मैदानमा छन् ।

Himal dental
सम्बन्धित
Loading...