ghar sansar

प्रदेश सभा सदस्य भाटलाई भाट समाजको बधाई

little buddha academy
khasi

महेन्द्रनगर । भाट समाज कञ्चनपुरले प्रदेश सभा सदस्य ओम विक्रम भाटलाई कार्यक्रम गरी बधाई दिएको छ । प्रदेश सभा सदस्य भाटको प्रमुख आतिथयमा कार्यक्रम गरी उनलाई बधाई तथा शुभ कामना दिइएको छ ।

dirghayi clinic

समाजका अध्यक्ष तारा सिह भाटको अध्यक्षतामा गरिएको कार्यक्रममा उपाध्यक्ष प्रेम सिह भाटले स्वागत मन्तव्य राख्दै भाट समाज कञ्चनपुर लगायत सुदूरपश्चिमका भाटहरुको अवस्था, राजनैतिक चेतना, तथा समुदायको विकासका लागि एकजुट हुनु पर्ने कुरा औल्याउदै भाट जाति लाई अन्य जातमा समावेश गरिएकोले समावेशी आयोगमा भाट लाई जातको रुपमा परिभाषित गरि गोत्रहरु समेत सूचिकृत गराउन प्रदेश सभा सदस्य संग माग राखे ।

,orning glory badhai

कार्यक्रममा नव निर्वाचित प्रदेश सभा सदस्य भाटले भाट समाज गठनका साकारात्मक पक्ष र यसले खेल्नु पर्ने भुमिका स्पष्ट पार्दै मूल पुख्र्यौली घर जहाँ भए पनि हामी कञ्चनपुरमा रहेकोले भाट समाज कञ्चनपुरले कञ्चनपुरको समग्र विकासका लागि आवश्यक पहल गर्नु पर्ने कुरामा जोड दिदै संगठन बलियो भए समुदाय बलियो हुने भएकोले यस समाजमा मूल भाट जातका सबै उपजातिलाई समेट हुन समेत सुझाव दिए ।

कार्यक्रममा राष्ट्रिय भुमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंङ्गाना, पूर्व नगर उप प्रमुख यज्ञ राज चटौत, कञ्चनपुर उद्योग बाणिज्य संघका महासचिव खगेश्वर बोहरा लागायत विभिन्न जिल्लाबाट भाट समाजमा सदस्य सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...