ghar sansar

शुक्लाफाँटाले बनाउन थाल्यो नगर यातायात गुरुयोजना, दुई सय सडक सर्भेका लागि सम्झौता

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षीय नगर यातायात गुरुयोजना बनाउने भएको छ । नगरका १२ वडाको सडकको अवस्था अध्ययन गरी स्तरोन्नति गर्नका लागि सो योजना बन्न लागेको हो । सडको अवस्था, लम्बाई, सवारी चाप लगायतको अध्ययन गरी नगर क्षेत्रभित्र रहेका झण्डै दुई सय सडकको सर्भे गरी नक्साङ्कन गर्ने कार्य गरिने प्राविधिक शाखाका प्रमुख इञ्जिनियर दीपक धामीले बताए  ।

यसका लागि पैसो परामर्शदाता कम्पनीसँग सम्झौता गरिएको छ। गत जेठ १५ गतेभित्र गुरुयोजना निर्माणको कार्य सक्ने गरी सो कम्पनीसँग रु आठ लाख ५० हजारमा सम्झौता गरिएको छ । सम्झौता अनुसार सडकको सर्र्भे, नक्शाङ्कन, ग्रामीण सहरी सडकको अवस्थाबारे अध्ययन गर्ने, स्तरोन्नति गर्नुपर्ने सडक र कालोपत्र सडकको अध्ययन गरी योजना बनाइने छ ।

,orning glory badhai

“जनसङख्याको आधार र सवारी चापको अध्ययन गरी कुन ठाउमा कस्तो प्रकारको सडकको आवश्यकता पर्छ, त्यसै अनुसार सडक निर्माण गर्नका लागि योजना बनाइन्छ” इञ्जिनीयर धामीले भने, ‘योजना निर्माण भएपछि नगरपालिकाले त्यही अनुसार सडक निर्माणको कार्य गर्छ ।’ पाँच वर्षका लागि बन्ने गुरुयोजनाको (तीन—तीन) वर्षमा अद्यावधिक९पुनरावलोकन०को कार्य हुने उनको भनाइ छ ।

dirghayi clinic

‘योजनामा कति वर्षमा नगर क्षेत्रभित्रका सडक कालोपत्र गर्ने र स्तरोन्नति गर्ने कुरा उल्लेख हुन्छ’ उनले भने, ‘सडकको क्षेत्राधिकार तोक्ने कार्य हुन्छ, कुन सडकका लागि कति बजेट लाग्छ, कुन डिजाइनमा बन्छ यी सबै कुरा गुरुयोजनामा उल्लेख हुन्छ ।’ ‘गुरुयोजना बनेपछि सडकका लागि नगरसभाबाट प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न सकिन्छ” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘योजनाकै आधारमा सङ्घीय र प्रदेश सरकारबाट बजेट माग गर्न सहज हुन्छ ।’

योजनावद्ध रुपमा नगर क्षेत्रभित्रका सडकको स्तरोन्नति र कालोपत्रे गर्न सकिने भएकाले बजेट डुब्लिकेसन नहुने र छिटो विकास हुने बताए। समविकासको अवधारणा अनुसार सबै वडामा समान रुपमा सडक निर्माण गरी आवागमनलाई सहज बनाउन सकिने उनले बताए। ‘नगर गुरुयोजना तयार गरी सडक सञ्जालको विस्तारलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्छौँउनले भने, ‘नगरको यातायात क्षेत्रलाई व्यवस्थित एवं सहजीकरण गर्न गुरुयोजनाले सघाउ पुरयाउ छ ।’

वातावरणीय अध्ययनको कुरा योजनामा समावेश हुने भएकाले परम्परागत भन्दा पनि गुरुयोजना बनेपछि सडक ढल निकाससहितका आधुनिक तरिकाले निर्माण हुने उनले बताए । नगरवासीको जनजीवन सहज बनाउन र दुर्घटनामुक्त सहर निर्माण गर्न प्रत्येक सडकको चौडाइ मापदण्ड तोक्नका लागि यसअघि नगरपालिकाले सडक मापदण्ड तथा अधिकार क्षेत्र निर्धारण कार्यविधि तयार गरेको छ ।

कार्यविधिलाई गुरुयोजनाको आधारका रुपमा लिइने छ। कार्यविधि अनुसार नगर क्षेत्रभित्रका सडकलाई चौडाइका आधारमा ‘क’ देखि ‘च’ सम्म वर्गिकरण गरिएको छ। जसमा २० मिटर चौडाइदेखि ६ मिटर चौडाइसम्मका सडक निर्माण गर्ने कुरा उल्लेख छ ।

 

Himal dental
सम्बन्धित
Loading...