ghar sansar

शुक्लाफाँटाले २५ लाखमा बनाउँदैछ शित भण्डार, जग्गा भोगचलनका लागि मन्त्रालयमा पत्राचार

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा शीतभण्डार(कोल्ड स्टोर) गृह निर्माण हुने भएको छ। शीतभण्डार निर्माणका लागि नगरपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

वसन्त सामुदायिक वनको जग्गामा शीतभण्डार निर्माण हुन लागेको हो। सामुदायिक वनको स्वामित्वमा रहेको जग्गा शीत भण्डारका लागि चलनभोगका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न सम्बन्धित निकायमा पठाउने सहमति भएको छ ।

,orning glory badhai

सामुदायिक वनका उपभोक्ताले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि सहमति जनाएका छन्। वडा नं. ११ का वडा अध्यक्ष शेरबहादुर साउदले सर्वपक्षीय बैठकले शीतभण्डार गृह निर्माणका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको बताए ।

dirghayi clinic

यसपछि वडाका जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र प्राविधिकको टोलीले शीतभण्डार गृह निर्माणका लागि ठेक्का प्रक्रियामा जाने उनले जानकारी दिए ।

‘सामुदायिक वनको जग्गाको चलनभोगका लागि सामुदायिक वन र डिभिजन वन कार्यालयले सिफारिस गरेपछि स्वीकृतिका लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाउछौँ’ उनले भने, ‘त्यस पछि डीपीआर निर्माणको कार्य गरी ठेक्का प्रक्रियामा जान्छ।’ सामुदायिक वनका अध्यक्ष रन सिंह सुनारले वनलाई हानि नोक्सानी नहुने गरी शीतभण्डार निर्माणका लागि जग्गा उपलब्ध गराउन सकिने बताए ।

नगरपालिका क्षेत्रमा शीतभण्डार गृह नहुदा व्यवसायिक खेतीमा संलग्न किसानले कृषि उपज, तरकारी, फलफूल लगायत बाह्य क्षेत्रमा लगेर भण्डारण गर्नु पर्ने अवस्था छ। स्थानीय स्तरमै शीतभण्डार गृह निर्माण भएपछि यस क्षेत्रका बासिन्दा लाभान्वित हुने भएका छन् ।

​नगर प्रमुख रण बहादुर महराले शीतभण्डारका लागि केही रकम नगरपालिकाबाट विनियोजन गरिएको भएपनि त्यसले योजना सम्पन्न गर्न नपुग्ने भएकाले प्रदेश र संघीय सरकारलाई गुहार्ने बताए ।

मेयर महराले स्थानीय तह निर्वाचनमा किसानका उत्पादनका लागि शित भण्डार स्थापना गर्ने चुनावी एजेण्डा बनाएका थिए । त्यस अनुसार उनले शित भण्डार निर्माण अघि बढाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...