ghar sansar

कञ्चनपुरमा तीन दिन राष्ट्रिय योग दिवस मनाइने

little buddha academy
khasi

महेन्द्रनगर । मानवको व्यक्तित्व विकास संगै स्वास्थ्य, अध्यात्म र आत्मनिर्भर सहितको स्वावलम्बन व्यत्ति, समुदाय, समाज र राष्ट्र निर्माणमा योगदान दिई रहेको योग र आर्युवेदका माध्यम बाट समग्र देशको समृद्धिका लागि पतञ्जली योग समिति कञ्चनपुरले राष्ट्रिय योग दिवसका अवसरमा तीन दिन विविध कार्यक्रमका साथ मनाउने तयारी गरेको छ ।

योग, प्रणायम र ध्यानका माध्यम बाट मानिसका हरेक रोगहरुको उपचार पद्दतीको समेत जानकारी गराउने पतञ्जली योग समिति कञ्चनपुरले राष्ट्रिय योग दिवस माघ एक गते रहेकोले यस अवसरमा पतञ्जली योग समिति कञ्चनपुरले विगतका वर्षहरुले देखि राष्ट्रिय योग दिवस मनाउने गरिएका छ ।

,orning glory badhai
dirghayi clinic

कञ्चनपुरमा झण्डै पाँच सय बढी योग प्रशिक्षक तथा सह प्रशिक्षकका माध्यमबाट जिल्ला भरी हरेका स्थानिय तहमा योग कक्षा संञ्चालन हुने गरेको र राष्ट्रिय योग दिवसका माध्यम बाट योग लाई जन जनमा पुर्याउन राष्ट्रिय योग दिवस तिन दिन सम्म मनाउन लागिएको कुरा जिल्ला अध्यक्ष दयाकृष्ण जोशीले बताए ।

पतञ्जली योग समितिको गठन, स्थापना र प्रारम्भ देखि योगको दियो बाल्ने तथा आम जनमानसलाई योगमा आवद्ध गराई कञ्चनपुर जिल्ला लाई योगमय बनाउन उल्लेख्य भुमिका निर्वाह गर्नु हुने पञ्तञ्जली योग समिति नेपालका केन्द्रिय सदस्य तथा मुख्य योग प्रशिक्षक लबराज भट्टको समेत सहभागिता रहने छ ।

तीन दिन मनाइने राष्ट्रिय योग दिवस अन्र्तगतका कार्यक्रम माघ १ गते राधाकृष्ण मन्दिर वरपिपलमा योग शिविर सञ्चालन, माघ २ गते नेपाल रेडक्रस सोसाईटि महेन्द्रनगरमा रक्तदान कार्यक्रम तथा माघ ३ गते महाकाली बाल अनाथालयमा बालबालिकालाई खाना खुवाउने कार्यक्रम बनाइएको मिडया प्रभारी प्रेम सिंह भाटले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...