ghar sansar

कञ्चनपुर वन डिभिजनले लगायो खयर काठ लिलाम बिक्रीमा आफ्नै नियम, जिल्लाभरका सामुदायिक वनमा पठाइयो परिपत्र

khasi

महेन्द्रनगर । डिभिजन कार्यालय वन कार्यालय कञ्चनपुरले सामुदायिक वनको खयर काठ बिक्रीमा आफ्नै नयाँ नियम लागू गरेको छ । डिभिजन वनले जिल्लाभरका सबै सामुदायिक वनलाई परिपत्र गर्दै त्यस अनुसार खयर काठ बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

कार्यालयले असोज २१ गते परिपत्र गरेको थियो । केही सामुदायिक वनमा खयर काठ बिक्री वितरण लिलाम विवाद भएको गुनासो आएको थियो ।

त्यसपछि कार्यालयले खयरको सरकारी दररेटलाई नजर अन्दाज गरी आफ्नो परिपत्र अनुसार लिलाम बिक्री गर्न आदेश दिएको हो ।

सरकारी दर अनुसार खयरको प्रति क्यूफिट एक हजार न्यूनतम मूल्य छ । लिलाम प्रक्रियामा एक हजार न्यूनतम मूल्यबाट बढाबढ गरी खयर काठ बिक्री गर्न पर्ने नियम छ ।

डिभिजन वनले लिलाम बिक्रीको नयाँ नियम बनाउँदै सबै सामुदायिक वनमा पठाएको छ ।

डिभिजनको परिपत्रमा खयर काठ लिलाम गर्ने सामुदायिक वनले तीन ओटा फर्मबाट दररेट माग्न पर्ने र त्यसमध्ये सबैभन्दा बढी दररेट हुने फर्मको रकमलाई न्यूनतम मानेर लिलाम बढाबढ गर्ने निर्देशन दिइएको छ ।

डिजिभजनको यो परिपत्रले अहिले खयर काठ लिलाममा हल्लीखल्ली मच्चिएको छ ।

‘वन कार्यालयबाट यो परिपत्र आएको छ, यस अघि यस्तो केही थिएन, यस पटक किन आयो’ नाम नछाप्न आग्रह गर्दै एक सामुदायिक वनका पदाधिकारीले भने ।

हालसम्म कञ्चनपुरका विभिन्न ८ सामुदायिक वनमा खयर काठ लिलाम बिक्री भएको छ । गत आर्थिक वर्षमा पाँच दर्जन बढी सामुदायिक वनलाई काठ संकलनको अनुमति दिएको थियो ।

आधा दर्जन बढी सामुदायिक वनले काठ लिलाम बिक्री गरि सकेपछि नयाँ परिपत्र गरिएको छ ।

dirghayi clinic

खयर काठ लिलाम बिक्रीलाई लिएर केही दिन अघि नेकपा बहुमतका नेता वन कार्यालय पुगेका थिए ।

उनीहरुले डिजिभन प्रमुख लक्ष्मी जोशीलाई गुनासो आएको भन्दै छलफल गरेका थिए । त्यस क्रममा दुबै पक्षबीच छलफलमा चर्काचर्की भएको थियो ।

डिजिभनले त्यसपछि सामुदायिक वनहरुमा गुनासो आएको भन्दै नयाँ परिपत्र गरेको हो ।

तीन बुँदे परिपत्रको अन्तिममा खयरको मूल्य कायम गर्ने बुँदामा दररेट मागेर न्यूनतम मूल्य कायम गर्न पर्ने पर्ने उल्लेख गरिएको छ ।

डिभिजन वनका कर्मचारी, काष्ठ व्यवसायी, सामुदायिक वनको मिलमेतोमा खयर लिलाम बिक्री भएको गुनासो डिभिजनसम्म पुगेका छन् ।

डिभिजनले अर्कोतिर सुदूरपश्चिम प्रदेश सामुदायिक वनको काठ दाउरा संकलन तथा बिक्रि वितरण निर्देशिका ०७९को प्रावधान अक्षेरश पालना गर्न पनि निर्देशन दिएको छ ।

काठ लिलाम बिक्रीको निर्णय, सूचना प्रकाशन, सूचना टाँस्ने, खयरको मूल्य कायम गर्ने निर्देशन परिपत्रमा दिइएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले परिपत्रमा हस्ताक्षर गरेका छन् ।

सबै सव डिभिजन वन कार्यालय र नेपाल वन वैदावार उद्योगी व्यवसायी संघलाई कार्यान्वयनका लागि बोधार्थ पठाएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी सन्तोसराज भट्टले काठ लिलाम बिक्रीमा सामुदायिक वन स्वतन्त्र हुने र कार्यालयको कुनै पनि हस्तक्षेप नहुने बताए ।

Himal dental
सम्बन्धित
Loading...