

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशसभाका एमाले सांसद वीर बहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।

पूर्व मन्त्री समेत रगेका उनले सभामुखसमक्ष राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा स्वीकृत भइसकेको छैन। बजेटप्रति असन्तुष्ट रहेका थापाले राजीनामा दिएको स्रोतले जनाएको छ । उनको राजीनामा स्वीकृत नगर्न केन्द्रका नेताहरूले दबाब दिइरहेको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशसभाबाट मंगलबार चालु आर्थिक वर्ष २०८३÷८४ को बजेट पारित भइसकेको छ। बजेटमाथि छानबिन समिति गर्ने र पुरक बजेट ल्याउने सत्तारूढ दलबीच सहमति भएको छ ।
