ghar sansar

दोधारा चाँदनी नगरपालिकाको न्यानो कार्यक्रम, ८० घर परिवारलाई कम्बल वितरण

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा ८० घर परिवारलाई कम्वल वितरण गरिएको छ । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा दबी जोशीका अनुसार यस अर्थिक वर्षको न्यानो कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका वडा नं. १ देखि १० वडामा रहेका गरिब तथा बिपन्न जेष्ठ नागरिकलाई छनौट गरी कम्वल वितरण गरिएको हो ।

dirghayi clinic

दोधारा चाँदनी नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका ८० जना बिपन्न तथा असाहय जेष्ठ नागरिकहरुलाई एक– एक थान कम्वल बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । चिसोबाट मानविय क्षती हुन सक्ने अवस्था भएको हुँदा चिसोबाट बच्नको लागि कम्बल बितरण गरिएको छ ।

,orning glory badhai

ज्येष्ठ नागरिक, असहाय, अपाङ्ग भएका व्यक्तिलाई बाक्लो कपडा नहुदा चिसोमा कठयाङिग्रएर बस्नु परेको अवस्था थियो । जाडोमा कम्वल पाउदा बिपन्न तथा असहाय जेष्ठ नागरिक खुशी भएका छन् ।

बिपन्न तथा असाहयक जेष्ठ नागरिकलाई कम्वल बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडा नं. २ का वडाध्यक्ष पदम रावल, वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडी, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्र लगायत ज्येष्ठ नागरिक सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...