ghar sansar

अपाङ्ग महिला संघ कञ्चनपुरको अध्यक्षमा भट्ट

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरको ८ औं वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । संघका अध्यक्ष अनिता ढुङ्गानाको अध्यक्षतामा गरिएको अधिवेशन उद्घाटन समारोहमा बेदकोट नगरपालिकाका नगर उप प्रमुख तुलसी जोशी प्रमुख अतिथि थिइन् ।

कार्यक्रममा बेदकोट नगर कार्यपालिका सदस्य पार्वती विष्ट , महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष भगवती थापा, राष्ट्रिय दृष्टि विहीन सघ नेपालका अध्यक्ष बलराम पन्त लगायतका सहभागी भएका छन् । कार्यक्रम सञ्चालन खेमा सापकोटाले सञ्चालन गरेकी थिइन् ।

,orning glory badhai

कार्यक्रममा प्रमुख अतिथि नगर उप प्रमुख जोशीले समाजमा अपाङ्गता भएका महिलाहरुले विभिन्न चुनौति र समस्याहरु भोग्नु परिरहेको उल्लेख गर्दै उनीहरुलाई प्रयाप्त अवसर र पहुँचयुक्त वातावरण पाएमा आफ्ना क्षमता प्रदर्शन गरी समाजमा उदाहरणीय काम गर्न सक्ने बताइन् ।

dirghayi clinic

‘त्यसको लागि म तपाईंको साथ साथै छु । अगामी दिनमा यहाँहरुका सवालमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्छु’ उनले भनिन् ।

उद्घाटन सत्रपछि भएको बन्द सत्रबाट पार्वती भट्टको अध्यक्षतामा आगामी दुई वर्षका लागि ७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा हिरा भट्ट, सचिवमा नन्दकली राना, सह सचिवमा पशुपति भट्ट र कोषाध्यक्षमा बुधनी चौधरी पशुपति भट्ट चयन भएका छन् । सदस्यमा कल्पना साउद, रामकुमारी चौधरी छन् ।

संघको नव निर्वाचित कार्य समितिलाई नेपाल अपाङ्ग महिला संघकी निर्वतमान अध्यक्ष अपाङ्ग अधिकारकर्मी अनिता ढुङ्गनाले बधाई तथा सफल कार्यकालको शुभाकमना व्यक्त गर्दै आगामी दिनमा सबै प्रकारका अपाङ्गता भएका महिलाका सवालहरुलाई प्राथामिकताका साथ अगाडि बढाएर उनीहरुको हकहितको लागि काम गर्न सबै एक जुट भएर लाग्नु पर्ने बताइन् ।

त्यसै गरी यसै संघका नव निर्वाचित अध्यक्ष भट्टले यस साधारण सभा तथा अधिवेशन सफल बनाउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै अपाङ्गता भएका महिलाहरुका प्रत्येक सवाल, हक अधिकार सुनिश्चित गर्न, हिंसामुक्त समाज निर्माण गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

 

Himal dental
सम्बन्धित
Loading...