ghar sansar

दोधारा चाँदनी ५ का वडा अध्यक्ष खत्रीद्वारा दुई जनालाई उपचार खर्च सहयोग

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकाका ५ का वडा अध्यक्ष केशव खत्रीले आर्थिक अवस्था कमजोर भएका दुई जनालाई उपचार खर्च सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका ५ का बिर बहादु सुनार र धनगढी उप महानगरपालिकाका शेर बहादुर सिंहलाई उपचारका लागि सहयोग गरिएको छ । उनले अष्ट्रेलियामा भएका नेपाली नागरिकबाट उनीहरुका लागि सहयोग जुटाएका छन् ।

सोमबार कार्यक्रम गरी सुनारलाई ३० हजार र धनगढीका सिंहलाई १० हजार नगद रकम हस्तान्तरण गरिएको छ । सुनारलाई प्यारालाईसिस भएको कारण भारतको दिल्लीमा उपचार भईरहेको छ । सिंहलाई मृगौलामा समस्या भएको कारण उपचारकै क्रममा भारतको दिल्लीमा छन् ।

,orning glory badhai
dirghayi clinic

उनीहरु दुबैको आर्थिक अवस्था निकै दयनिय रहँदै आएको छ । यस अघि बिर बहादुर सुनारलाई वडाध्यक्ष खत्रीले नगरपालिका र व्यक्तिगत रुपमा ३२ हजार उपचारका लागि खर्च दिएका थिए ।

बिहान पीडित सुनारकै घरमा पुगेर वडाध्यक्ष खत्रीले उपचार गर्नको लागि अष्ट्रेलियाबाट नेपाली दाजु भाईहरुले संकलन गरी पठाएको रकम स्थानिय तथा जनप्रतिनिधि रोहवरमा पीडित परिजनलाई हस्तान्तरण गरिएको वडाध्यक्ष खत्रीले बताए ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका निवर्तमान मेयर बिर बहादुर सुनार, अधिकारकर्मी नन्दा खत्री, वडा सदस्य पार्वती सुनार, दिनेश थापा मगर, भुपु वडाध्यक्ष मोहन सुनार, नगरपालिका कार्यपालिका सदस्य सेते सुनार, राप्रपाका नेता भुवन चन्द्र ओझा लगायत सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...