ghar sansar

कृष्णपुरमा यसरी गरिएका छन् एक हजार बढी छाडा चौपाया व्यवस्थापन

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका विभिन्न स्थानमा एक हजार भन्दा बढी छाडा पशु चौपाया व्यवस्थापन गरिएका छन् । स्थानीय तह निर्वाचनपछि नगरपालिकामा चौपाया व्यवस्थापन थालिएको थियो । अहिले नगरपालिकाका विभिन्न स्थानमा एक हजार एक सय चौपाया व्यवस्थापन गरिएका छन् ।

स्थानीय तह निर्वाचनमा मेयर हेमराज ओझाले चौपाया व्यवस्थापनका लागि चुनावी प्रतिवद्धता गरेका थिए । त्यस अनुसार उनले नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरी चौपाया व्यवस्थापन गरिएको छ । नगरपालिकाका विभिन्न पाँच स्थानमा चौपाया व्यवस्थापन गरिएका छन् । कृष्णपुर र लालझाडी गाउँपालिकाले चौपाया व्यवस्थापनमा सहकार्य समेत गरेका छन् ।

,orning glory badhai

कृष्णपुरका मेयर ओझाले एकै ठाउँमा राख्न समस्या हुने भएपछि पाँच ठाउँमा व्यवस्थापन गरी राखिएको बताए । ‘नगरपालिकाका विभिन्न ५ युनिटमा चौपाया व्यवस्थापन गरिएको छ, त्यस बाहेक लालझाडी गाउँपालिकासित पनि सहकार्य गरेका छौ’ उनले भने,‘एकै ठाउँमा राख्दा व्यवस्थापन गर्न समस्या हुने भएपछि छुट्टाछुट्टै स्थानमा राखिएको हो ।’

मेयर ओझाले अहिले ५ स्थनमा राखिएका चौपायाको स्थायी व्यवस्थापन गर्न सकिने समस्या हल हुने दावी गरे । ‘पहिला गौडी लैजाने चलन थियो, प्रजातन्त्र पुनर्वहालीपछि वन ऐन आयो, सामुदायिक वन ऐन आयो, गौडी लैजान बन्द भयो, पहिलो जो तुर्का भारत लैजान्थे त्यो पनि बन्द भयो’ उनले भने,‘यी सबै बन्द भएपछि समस्या बढ्दै गयो, अब यसको स्थायी व्यवस्थापन गर्न सकिए समस्या हल हुन सक्छ ।’

dirghayi clinic

मेयर ओझाले आफ्नो घर परिवारले गौडी पाल्ने गरेको उल्लेख गर्दै अहिले त्यसमा एक सय भन्दा बढी गाई पालिने गरिएको सम्झिए । उनी कृष्णपुर नगरपालिका ६ का वासिन्दा हुन् ।

मेयर ओझाले छाडा पशु चौपायालाई समस्याका रुपमा मात्रै नलिएर फाईदा पनि लिन सकिने बताए । उनले छाडा पशु चौपायाबाट ठूलो उद्योग चलाउन सकिने विश्वास लिएका छन् । उद्योग सञ्चालन गरी स्थानीय स्तरमा रोजगारीका अवसर समेत सिर्जना हुने उनी बताउँछन् । ‘चौपायाको फिड्स र बाइप्रोडक्टका उद्योग चलाउन सकिन्छ’ उनले भने ।

मेयर ओझा चौपाया व्यवस्थापनको फेसबुकबाट प्रचार नगरिएकाले कृष्णपुरलाई कसैले पनि ध्यान नदिएको बताए । ‘फेसबुकमा फोटो हालेर प्रचार गरेनौ, फेसबुकको राजनीतिबाट अलि टाढा नै छौ’ उनले भने,‘पत्रकार पनि टाढाको नगरपालिकाले भनेर खास मतलब गर्दैनन्, प्रचार हुन नसके पनि हामीले चौपाया व्यवस्थापन गरी वासिन्दालाई थोरै भए पनि राहत दिएका छौ ।’

कृष्णपुरका वनहरा, मछेली, मोहना नदी किनारमा भेटिएका छाडा चौपायाका पेटभित्र प्लाष्टिकको भेटिएको मेयर ओझाले बताए । ‘यी गाई गोरुको पेटभित्र भेटिएको प्लाष्टिकले अर्को समस्या खडा गरि दिएको छ’ उनले भने ।

नगरपालिका क्षेत्रका चौपाया व्यवस्थापन गरिए पनि बाहिर आउने चुनौतीका रुपमा छन् । ‘पूर्व पश्चिम राजमार्ग हुँदै कैलालीको अत्तरियादेखि भीमदत्तसम्मका चौपाया आई रहन्छन्’ मेयर ओझाले भने,‘यो नरोकिँदासम्म पूर्ण रुपमा नियन्त्रण गर्न चाहिँ समस्या नै छ ।’

Himal dental
सम्बन्धित
Loading...