ghar sansar

शैक्षिक गुणस्तर सुधारका लागि सक्दो प्रयास सधैं रहनेछ : मुख्यमन्त्री रावल

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सीप,संस्कार र प्रविधियुक्त शिक्षामा जोड दिएका छन्। आज शुक्लाफाँटा नगरपालिकास्थित राष्ट्रिय माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री रावलले यस्तो बताएका हुन् ।

dirghayi clinic

विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा आफू प्रतिवद्ध रहेको उनले बताए। ‘विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि सक्दो प्रयास सधैं रहनेछ,’ उनले भने, ‘पछिल्लो समय विद्यार्थीहरु कुलतमा फसिरहेको छन्, अभिभावकहरुले समयमै आफ्ना बाल बालिकाहरुको हेर विचार गर्न जरुरी छ ।’

,orning glory badhai

कार्यक्रममा मुख्यमन्त्री रावलसहित नेकपा एमालेका केन्द्रिय सदस्य नरबहादुर धामी, एमाले प्रदेश कमिटि सचिवालय सदस्य बचन बहादुर सिंह, सुदुरपश्चिमका पूर्वमन्त्री लाल बहादुर खड्का, जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहरा, शुक्लाफाँटाका मेयर रणबहादुर महरा लगायतले मन्तब्य राखेका थिए ।

Himal dental
सम्बन्धित
Loading...