ghar sansar

दोधारा चाँदनीमा आत्महत्या रोकथामका लागि प्रहरीको सचेतना मुलक कार्यक्रम, प्रहरी भन्छ –आत्महत्या गर्नु हुँदैन र अमूल्य जीवनको सदुपयोग गर्नु पर्ने सन्देश प्रवाह गरि रहेका छौ

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आत्महत्या रोकथाम एवम् नियन्त्रण गर्न दोधारा चाँदनी नगरपालिकामा नेपाल प्रहरी सक्रिय देखिएको छ् ।

दोधारा चाँदनी नगरपालिकामा बढ्दो आत्महत्याको अभिलेखलाई मध्यनजर राख्दै नियन्त्रण तथा रोकथामको लागी दोधारा चाँदनी नगरपालिका बिभिन्न बिद्यालयका बिद्यार्थी तथा अभिभावकलाई प्रहरीले सचेतना गर्दै आएको छ् ।

,orning glory badhai

‘समयमा रोकथाम एवम् नियन्त्रणमा चाँसो नदिए अवस्था थप असामान्य बनेर जाने देखिन्छ,’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले भने, ‘अभियान सञ्चालन गर्दै आत्महत्या गर्न हुँदैन र अमूल्य जीवनको सदुपयोग गर्नु पर्छ भन्ने सन्देश समुदायमा प्रवाह गर्दै आएका छौं, आत्महत्यालाई निरुत्साहित बनाउन विद्यालयमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं’ ।

dirghayi clinic

प्रहरीको समुदाय लक्षित कार्यक्रम, जनचेतना तथा मनोपरामर्शका माध्यमबाट आत्महत्या रोकथामको उपाय अवलम्बन गरिने ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका बरिष्ठ सई मेहन्द्र सिंह थापाले बताए । आज पनि दोधारा चाँदनी नगरपालिका– ६ स्थित रहेको भानु माध्यमिक बिद्यालयका छात्र तथा छात्राहरुलाई आत्महत्या रोकथाम एवम् नियन्त्रणका लागी सचेतना कार्यक्रम संचालन गरिएको बरिष्ठ सई महेन्द्र सिंह थापाले बताए ।

‘सुन्दर जिवन अनाहाकमा खेर फाल्न हुदैन भनेर मान्छेलाई सचेत गराउनु सबैको दायित्व भएकोमा हामीलेजोड दिएका छौं’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका बरिष्ठ सई मेहन्द्र सिंह थापाले बताए ।

प्रहरीको एक अनुसन्धानले असफलता, बेरोजगारी, गरिबी, नाकारात्मक सोच, लागुऔषधको दुव्र्यसन, मदिरा सेवन, महत्वकांक्षा, प्रेममा धोका, सामाजिक सञ्जालको दुरुपयोग, छुवाछूत एवं अपहेलना, तनावपूर्ण घटना, कमजोर जीवन शैली, पारिवारिक कलह, अरुको सिको, अत्यधिक चिन्ता, अवैध गर्भधारण, बालबालिकालाई अभिभावकको बेवास्ता, वृद्धवृद्धामा उचित हेरचाहको कमी लगाएतका कारणले आत्महत्या गर्ने क्रम बढेको बताईएको छ् ।

भानु माध्यमिक बिद्यालयका कक्षा १० का झण्डै ५० जना छात्र तथा छात्राहरुलाई आत्महत्या रोकथाम एवम् नियन्त्रणका लागी सचेतना गराईएको ईलाका प्रहरी कार्यालयले जनाएको छ् ।

भविष्यका बारेमा निराशाका कुरा गर्ने, आफै प्रति घृणायुक्त कुरा गर्ने, एक्लै बस्न रुचाउने, परिवारका सदस्य तथा साथी भाईबाट टाढा बस्ने, अप्रत्याशीत रुपमा छटपटी हुने, व्यक्तिको हाउभाउ तथा व्यवहार तथा सामाजिक सञ्जालमा नैराश्यजनक स्टाटस लेख्ने आदि आत्महत्याका पूर्व संकेतहरु रहेको सचेतनामुलक कार्यक्रममा बिद्यार्थीहरुलाई बताईएको छ् ।

Himal dental
सम्बन्धित
Loading...