ghar sansar

ब्रह्मदेबमा सशस्त्र प्रहरीमाथि भारतीय नागरिकको आक्रमण, आक्रमणमा संलग्न ६ जना पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका–९ बह्रमदेबमा सशस्त्र प्रहरीमाथि भारतीय नागरिकले आक्रमण गरेका छन् । ब्रह्मदेबस्थित नेपाल भारत सीमा सुरक्षामा खटिएका बोर्डर आउट पोष्ट (बीओपी) ब्रह्मदेवका दुई सशस्त्र प्रहरीमाथि आक्रमण गरिएको छ । आक्रमणमा संलग्न ६ भारतीय नागरिक पक्राउ गरिएका छन् ।

dirghayi clinic

सशस्त्र प्रहरीलाई आक्रमणपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सिद्धनाथ बाबाको दर्शन गर्न आएका उनीहरुले आक्रमण गरेका छन् । उनीहरु अधिकाँशले मदिरा सेवन गरेका थिए । आक्रमणको कारण भने खुल्न सकेको छैन ।

,orning glory badhai

‘सशस्त्र प्रहरीमाथि हातपात गरेको जानकारी आएको छ, हामीले उनीहरुलाई नियन्त्रणमा लिएकाछौँ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एक प्रहरीले अधिकारीले भने, ‘कति चोट लागेको केही जानकारी प्राप्त भइसकेको छैन ।’

Himal dental
सम्बन्धित
Loading...